ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

साउथका आगामी बिग बजेट फिल्म : हल्लाउनेछन् बलिउड बक्स अफिस !
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । पछिल्लो समय बलिउड बक्स अफिसमा साउथ फिल्महरुले धमाका मच्चाइरहेका छन्, जसको ज्वलन्त उदाहरणहरु अल्लु अर्जुन स्टारर् ‘पुष्पा’, राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’ र यश स्टारर् ‘केजीएफः च्याप्टर २’ हुन् । त्यसोत, मिथुन चक्रवर्ती, अनुपम खेर र दर्शन कुमार स्टारर् ‘द कश्मिर फाइल्स’बाहेक अन्य फिल्मले बक्स अफिसमा खासै कलेक्शन गर्न सकिरहेका छैनन् ।

    हुनत हालै दर्शकमाझ रिलिजमा आएको ‘शमशेरा’बाट बलिउड बक्स अफिसको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । लामो समयदेखि बलिउड बक्स अफिसमा सुकिरहेको अवस्थामा साउथका फिल्मले तहल्का मच्चाइरहेका छन् । सोही क्रममा अहिले बलिउड बक्स अफिसमा कयौं फिल्महरु आउने क्रम जारी छ ।

    पुष्पा २ : ‘पुष्पा’पछि अब अल्लु अर्जुन ‘पुष्प–२’ मा धमाका मच्चाउनेवालामा छन् । अहिले यो फिल्मको छायाङ्कन भैरहेको छ । यो फिल्म छिट्टै रिलिज गर्ने निर्माण टिमको तयारी छ । पुष्पा जस्तै यो पनि बक्स अफिस हल्लाउने बताइन्छ । फिल्मको व्यग्र प्रतिक्षा भइरहेको छ ।

    सालार : बाहुबलीबाट सबैको हार्टथ्रोब बनेका प्रभास साहोमा पनि देखिएका थिए तर त्यो फिल्मले त्यति राम्रो व्यापार गर्न सकेन । तर अब उनले सुपरहिट केजीएफ बनाएका प्रशान्त नीलको निर्देशन तयार ‘सालार’ मार्फत् धमाका मच्चाउने वालामा छन् । यो फिल्मले ठूलो धमाका मच्चाउने सबैले अपेक्षा गरेका छन् ।

    आरसी १५ : रामचरण दक्षिणका सुपरस्टार हुन् र यसमा कुनै शंका छैन । वर्षौंदेखि दक्षिण उद्योगमा रहेका रामचरण आरसी १५ को कारण निकै चर्चामा छन् । जसमा बलिउड अभिनेत्री कियारा आडवाणी पनि मुख्य भूमिकामा देखिदै छन् । फिल्मको पहिलो पोस्टर पनि सार्वजनिक भएको छ । फिल्मलाई शंकरले निर्देशन गर्दैछन् ।

    एनटीआर ३१ : जुनियर एनटीआर लामो समयदेखि साउथ उद्योगमा छन् तर, आरआरआरले उनको जीवन परिवर्तन गरिदिएको छ । अहिले उनी एनटीआर ३१ लाई लिएर चर्चामा छन् । जसमा कमल हसन खलनायकको भूमिकामा देखिदैछन् । यो फिल्मलाई प्रशान्त नीलले निर्देशन पनि गर्दैछन् ।

    पोन्नियान सेल्भान : ऐश्वर्या राई जस्ता स्टारहरूले सजिएको यो मणिरत्नम फिल्म अर्को महिना रिलिज हुँदैछ, जुन हिन्दीमा पनि रिलिज हुनेछ । फिल्म बनाउन धेरै खर्च भएको छ, यो सबैभन्दा महँगो फिल्म पनि भनिएको छ । बाहुबलीको धर्तीमा यो फिल्म पनि सफल हुने अपेक्षा गरिएको छ ।

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech