ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

सन्तोष सेनको ‘प्रेमगीत–३’ले रंगिए भारतको विभिन्न शहरका ठूल–ठूला होर्डिङ बोर्डहरु
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । निर्माता/निर्देशक सन्तोष सेनले आगामी फिल्म ‘प्रेमगीत–३’को रिलिज मिति सार्वजनिक गरेसँगै प्रचार–प्रसारलाई तीब्रता दिन थालेका छन् । केही समय अगाडि मात्रै निर्माता सेनले काठमाडौंको गोंगबुस्थित लोत्से मलमा फिल्मको मुख्य कलाकारसहितको भव्य ब्यानर राखेर आधिकारिक रुपमा फिल्मको प्रोमोशनको काम सुरु गरिएको जानकारी दिएका थिए ।

    फिल्मको प्रचार–प्रसारकै क्रममा अहिले ‘प्रेमगीत–३’को युनिट छिमेकी राष्ट्र भारतको मुम्बई पुगेको छ । अहिले ‘प्रेमगीत–३’को ठूल–ठूला पोष्टरहरुले भारतका दिल्ली, मुम्बईलगायतका विभिन्न शहर रंगिएका छन् । त्यसोत, बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शलगायतका चर्चित निर्देशक तथा कलाकारहरुले पनि ‘प्रेमगीत–३’को पोस्टर सेयर गर्दै सामाजिक सञ्जालमा चर्चा गरिरहेका छन् ।

    निर्देशक सन्तोष सेनले बलिउड र हलिउड फिल्मका पोस्टरहरु टाँसिने ठाउँमा अहिले ‘प्रेमगीत–३’ले ओगटेको भन्दै खुसी ब्यक्त गरेका छन् । निर्मातासमेत रहेका सेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नै फिल्म भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने विषय होइन । र, आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।’

    यस अगाडि उनले अब भारतका विभिन्न शहरमा नेपालीपन बोकेर नेपाली फिल्म पुग्ने बाटो खुलेको बताएका छन् । उनले थपेका छन्, ‘नेपाली स्वाद चखाउने गरी पुग्दैछौँ । मुम्बई सपनाको शहर हो । दिनरात जाग्राम रहने मुम्बई हामीहरूको सपना पूरा गर्ने शहर पनि हो ।’

    संघर्षका अनेकौं पहाड छिचोल्दै विश्व फिल्मको समुन्द्रमा हाम फालेको बताउँदै निर्देशक सेनले आफू र आफ्नो टिमको शाहसका कारण नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पु¥याउने ठूलो जोखिम मोलेका बताएका छन् । त्यस्तै उनले ‘प्रेमगीत–३’ भारतीय बजारमा मात्रै नभएर संसारभरका दर्शकसम्म पुग्दै गरेको जनाए ।

    ‘नेपालकै लोकेसन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको वर्षौसम्मको मिहिनेत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ’, उनले भनेका छन्, ‘यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्ने छन् । त्यसको फाइदा हामी सबै जसले नेपाली फिल्ममा काम गरेका छौं, उहाँहरूलाई हुने हो ।’

    यसका साथै निर्देशक सेनले बलिउडमा जसरी साउथ, तमिललगायतका फिल्मले दबदबा सुरु गरेको छ, त्यसरीले आफूहरुले पनि सपना देख्ने बेला भएको बताएका छन् ।

    मुम्बईमा ‘प्रेमगीत–३’ टिमको पहिलो पत्रकार सम्मेलन

    प्रचार–प्रसारको क्रममा मुम्बई पुगेको ‘प्रेमगीत–३’को टिमले पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । गत मंगलबार मुम्बईको एक रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा निर्देशक सन्तोष सेन, कलाकारद्वय प्रदीप खड्का र क्रिस्टिना गुरुङ भारतीय सञ्चारकर्मीबाट घेरिएका थिए । पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्काले भारतमा फिल्मको प्रचार अभियान सुरु भएको उल्लेख गर्दै नेपाल र भारतबीच खुला सीमानासँगै खुला हृदय भएको बताए ।

    त्यस्तै अभिनेत्री क्रिस्टिना गुरुङले फिल्मको कथावस्तुले नेपाल र भारतलाई जोड्ने बताइन् । यता निर्देशक सेनले भारतमा नेपाली फिल्मको बजार खोज्न ‘प्रेमगीत ३’ले भूमिका खेल्ने बताए । आगामी असोज ७ गतेबाट नेपाल र भारतसहित विश्व बजारमा रिलिज हुन लागेको यो फिल्मलाई भारतमा जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टल रिलिज गर्न लागेका हुन् ।

    यो फिल्ममा प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । त्यस्तै फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतमलगायत कलाकारको अभिनय रहेको छ । स्व. छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको सिनेमाको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत–२’ बक्स अफिसमा सफल भइसकेका छन् ।

     

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech