ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

‘प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म’
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने भएको छ । निर्वाचन आयोगले विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधि सभा सदस्यहरुको कार्यकाल मंसिर २१ गतेसम्म कायम रहने जानकारी गराएको हो ।

    आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको जनाउँदै आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषय उल्लेख भएको स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्, ‘संविधान र कानूनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखितरुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं ।’

    यसका साथै आयुक्त थपलियाले दशैं लगत्तैपछि उम्मेदवारी दिने गरी कार्यतालिका बनाउनुपर्ने देखिएको बताए । उनले भनेका छन्, ‘उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मान्नुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ । यसलाई कानूनसम्मत ढंगले कहीँ न कहीँ व्याख्या गरेर अगाडि बढाउनेछौं ।’

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech