ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

हस्तान्तरणको तयारीमा रहेको च्यासल मैदानमा बाढी
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । मंगलबार रातिको भारी वर्षापछि मनोहरा खोलामा आएको बाढीले पुनर्निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा रहेको च्यासल रंगशालाको मैदानमा ठूलो क्षति गरेको छ ।

    रंगशालाको मुख्य प्रदेशद्वारबाटै छिरेको बाढीले हराभरा मैदान हिलाम्य भएको छ । पूर्वपट्टी रहेको मुख्य द्वारबाट छिरेको बाढीको निकास पश्चिमपट्टीबाट निकास हुन नपाउँदा मैदानमा हिलो र फोहोरसहितको पानी जमेर घाँसमा क्षति पुगेको च्यासलका बासिन्दा तथा च्यासल फुटबल क्लबका सचिव शंकर व्यन्जनकारले बताए ।

    च्यासल मैदानमा गत वर्ष भदौ २१ गते आएको बाढीले पनि क्षति पुगेको थियो । व्यन्जनकारका अनुसार यसपल्ट पानीको बहाव अघिल्लो वर्षको तुलनामा धेरै थियो । ‘खोलाबाट ओभरफ्लो भएको पानी मुख्य गेट भत्काएर छिरेको हो । मुख्य गेट, पश्चिमपट्टीको पर्खाल र दक्षिणपट्टीको गेटमा क्षति पुगेको छ,’ व्यन्जनकारले भने, ‘मैदानमा हिलो र फोहोर थुप्रिएको छ ।’

    च्यासल रंगशालामा मनोहरा खोलातर्फबाहेक तीन पट्टी प्यारापिट बनाइएको छ । पूर्व र पश्चिमपट्टी तीन तला र दक्षिणपट्टी दुई तलाको प्यारापिट छ । सबै ब्लकमा दुई शौचालय बनाइएको छ । दक्षिणतर्फको प्यारापिटमूनी चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टर निर्माण गरिएको छ ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech