ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने
  • हजुरकाे पाेष्ट

  • साउन ३१, बुटवल
    प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल(पिन) को दोस्रो प्रादेशिक अधिवेशन यहि भाद्र ४ गते देशैभर एकै साथ हुने गरि तयारी भएको छ | ७ भौगोलिक प्रदेश तथा दुई विभागिय प्रदेश गरि नौ वटै अधिवेशन एकै दिन हुन लागेको हो |

    यता लुम्बिनी प्रदेशमा समेत अधिवेशनको व्यापक तयारी भैरहेको प्रदेश सचिव दिपक भट्टराईले बताउनु भएको छ | १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा सबै जिल्ला बाट प्रतिनिधि छनोटको कार्य भैरहेको र बन्द सत्रमा करिव ११० जना प्रतिनिधिको सहभागिता रहने सचिव भट्टराईले बताउनु भएको छ |

    बुटवल कालिकानगर स्थित एसियन होटलमा आयोजना हुने अधिवेशनको उत्घाटन नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व सफल अर्थ मन्त्री विष्णु पौडेलले गर्नु हुने पिन केन्द्रिय उपाध्यक्ष ई. दुजेन्द्र बस्नेतले जानकारी दिनुभएको छ | अधिवेशनमा लुम्बिनी प्रदेश भरिबाट करिव ३०० प्रगतिशील ईन्जिनियरहरुको सहभागिता हुने जनाईएको छ |

    अधिवेशनले विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव तथा कोषाध्यक्ष गरि पाँच पदाधिकारी सहित १९ सदस्य प्रदेश कमिटि गठन गर्ने बताईएको छ |

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech