ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमति र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिर समेत गरे ।

    मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क समेत गरे । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे ।

    राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दाबी समेत गरे ।

    अध्यक्ष ओलीले भने, ‘पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट । म यो पनि बेचिदिन्छ, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोडछु । यस्तो पोलिटिक्स गर्नु भयो भने पोलिटिक्स हुँदैन । त्यो पोलिटिक्स होइन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमति, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? श्रीमति, सालाहरुलाई अगाडि सारेर देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अव गलत पोलिटिक्स ग¥यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डट्टी पोलिटिक्छ भन्न थाल्छ ।’

    उनले थपे, ‘व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसीटिभी क¥यापकुरुप पारेर तार चुडाएर आयो । अनि, केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अब यही देखेपछि अनि कतिपयले भन्छन्–आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन । यसका विरुद्ध तपाईहामी उठनु पर्छ । तपाईहामीले यसका विरुद्ध लडनुपर्छ । पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनु पर्छ । देशका निम्तिको बनाउनुपर्छ । जनताको निम्तिको बनाउनु पर्छ । स्वच्छताको निम्तिको बनाउनुपर्छ । समाजका निम्तिको बनाउनुपर्छ । मानव जातिका निम्तिको बनाउनु पर्छ । पोलिटिक्स झगडाका लागि हो र ? पोलिटिक्स झगडाका लागि होइन । पोलिटिक्स विश्व शान्तिका लागि । पोलिटिक्स राष्ट्रिय शान्तिका लागि । पोलिटिक्स बिगार्नका लागि होइन । त्यसकारण कस्तो पोलिटिक्स भन्ने कुरा हावादारी पोलिटिक्स होइन ।’

    त्यस्तै अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गरे । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताए ।

    अध्यक्ष ओलीले भने, ‘कस्तो पोलिटिक्स भन्ने हुन्छ । हावादारी पोलिटिक्स होइन । हाँ, हुँको पालिटिक्स होइन । मौसमी तालको नि । भनिदिनलाई सजिलो छ । अस्ती म यसो सुन्दैथिए मानिसहरुले बोलेको । दुःख नगरेका, पसिना नबगाएका, केही नगरेका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ । तिनले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन ।’

    उनले फेरि भने, ‘जसले लोकतन्त्रका लागि उक थोपा पसिना बगाएको छैन । जसले कुनै बलिदान दिएको छैन । कोही परिवारको सदस्यले बलिदान दिनु परेन । उसले केही क्षति नै व्यहोरेको छैन । उसका लागि पोलिटिक्स हाहु गर्ने, इन्जोय गर्ने माध्यम बनेको छ । रमाईलो गर्ने विषय बनेको छ । तर पोलिटिक्स त्यस्तो होइन ।’

    अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा समेत गरे ।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech