ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

एमबाप्पेले ८ सेकेण्डमै गरे गोल
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलिएन एमबाप्पेले लिलविरुद्ध खेल सुरु भएको आठ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका छन् । उनले फ्रेञ्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।

    लिग वानमा यसअघि मिचेल रियोले पनि ८ सेकेण्डमै गोल गरेका थिए । केनबाट खेलेका उनले सन् १९९२ मा कान्सविरुद्धको खेलमा ८ सेकेण्डमै गोल गरेका थिए । आइतबाराति एमबाप्पेले त्यो कीर्तिमान बराबर गरेका हुन् ।

    पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिललाई ७-१ ले हराउँदा एमबाप्पेले ह्याट्रिक नै गरे । लिलको मैदान स्टेड पिअरे मौरेमा पीएसजीको लागि एमबाप्पेले ह्याट्रिक गरेको खेलमा नेमारले २ गोल तथा लियोनल मेस्सी र अच्रफ हाकिमीले १-१ गोल गरे ।

    लगातार तीन खेल जित्दै पीएसजी ९ अंक जोडेर शीर्ष स्थानमा छ । मेस्सीको पासमा खेलको ८ सेकेन्डमै पहिलो गोल गरेका एबाप्पेले ६६ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले २७ औं, हाकिमीले ३९ मिनेटमा गोल गरे । नेमारले ४३ औं र ५२ औं मिनेटमा गोल गरे । ५४ औं मिनेटमा घरेलु टोलीका जोनाथन बम्बाले गोल सान्त्वना गोल फर्काए ।

     

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech