ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

अस्ताए समाजवादी नेता प्रदीप गिरी
  • यज्ञमुर्ति पाण्डे

  • आफ्नो समाजवादी धारणा संसद भवन भित्र होस् वा बाहीर कहिले पनि नहिचकीचाई राख्न सक्ने खुबी साहेद कमै मात्रामा भएको पाइन्छ । केवल समाजको हितमा सहि हुने धारणा प्रदीप गिरी को भाषण होस् वा कुनै बहस हुने ठाउँमा आफ्नो विचार एकै खालको सुन्न पाहिन्थ्यो । अर्थशास्त्र र राजनीतिक शास्त्रमा उनको अध्ययन हुँदा पनि सबै सामाजिक शास्त्र लाई नजिकबाट केलाउन सक्ने र त्यसको व्याख्या पनि समाज र जनता लाई आधार मान्दै व्याख्या गर्न सक्ने व्यक्ति तथा समाजको मूलभूत कुरा लाई आधार मान्दै आफ्नो समाजवादी धारणा लाई विश्राम हुन नदिइ करिब पाँच छ दशक सम्म एउटै बाटोमा हिडे। इतिहासले के कति मूल्यांकन गर्न सक्छ प्रदीप गिरीको समाजवादी चिन्तन के कति ठाउँमा लागू हुन सक्छ त्यो आफ्नो ठाउँमा रहला तर उनको साधकी जीवनबाट यदि सिक्ने प्रयास भयो भने यो नयाँ उदहारण हुन सक्दछ।

    मैले प्रदीप गिरीलाई पहिलो पटक यस्तो कार्यक्रम मार्फत देखेको थिए। समाजशास्त्रीय समाज नेपालद्वारा आयोजित ” हामीले चाहेको लोकतन्त्र” शिर्षक मा प्रखर मन्तब्य दिनु भएको थियोे। हामी भर्खर समाजशास्त्र विषयमा अध्ययन गर्न केन्द्रिय विभाग कीर्तिपुर क्याम्पसमा पहिलो सेमेष्टर भर्ना भएका थियौं सरले पढाउँदा पढाउँदै सामान्य नोट बनाउने मेरो बनी भएका कारण उनले भनेका केही कुरा टिपोट गर्न सफल भएका कुरा पछि अन्य कुरा पढ्नको लागि र नेपाली संदर्भ लाई जोडेर लेख्न धेरै सहयोग पुग्यो र आजको दिनमा पनि बेला बखत उनको शैलीमा लेख्न धेरै प्रयास गरेको छु। अबको दिनमा उनले लेख्दै गरेका र ब्रतमान् समाजलाई कसरी जोडेर लेख्नु भयो वा भन्नु भयो भन्ने कुरा सदाका लागि अन्त्य भयो तर उनको उपदेश छाडेर गएको कुरा हामी सहजै लागू गरी थप जिम्मेवारी लिएर समाजको सकारात्मक कुरा हरुलाई व्याख्या गर्न सकिने कुरा कहिल्यै बिर्सनु हुँदैन।

    समाजवादको व्याख्या साहेद कुनै एउटा पुस्ताले मात्र व्याख्या गरेर पूरा हुन सक्ने कुरा हो जस्तो मलाई लाग्दैन। किनकि समाजको परिवर्तित दौरान कहाँ सम्म पुग्न सक्ने हो भन्ने कुरा कुनै एउटा परिकल्पना मात्र गर्ने हो। जबकि परिकल्पना भन्दा कहिले फरक भएको पनि पाहुन सकिन्छ। उदाहरणको लागी कार्ल मार्क्स ले भनेका र लेखका कतिपय कुरा जस्ताको तस्तै लागू हुन सकेका छैनन्। उहाँले एउटा उत्पादन गर्ने शैलीलाई आधार मान्दै समाजको व्याख्या गर्नु भयो तर त्यो समाजमा संस्कार संस्कृतिको मानव सँगको अन्तरसम्बन्ध लाई हेर्न सक्नु भयन यो भन्नुको अर्थ के हो भन्दा सबै कुरा एउटा व्यक्तिबाट मात्र सम्भव हुन सक्दैन भन्न खोजिएकोको हो। परन्तु यस्ता सामाजिक अध्यता सबै पुस्तामा आउने गर्छन् र आफूले सकेसम्मको योगदान गर्छन् जसले जति गर्न सक्यो त्यति गर्ने हो त्यसको आधारमा नयाँ पुस्ताले अलिकति अगाडि मात्र पुर्याउने हो। जबकि समाजवादको अन्त्य हुँदैन जब सम्म मानव समाज रहिरहन्छ तबसम्म यो मुद्दा सेलाउन सक्दैन नयाँ पुस्ताले डोर्याउने प्रयास गर्ने हो।

    प्रदीप गिरी उनको पुस्तामा सबैभन्दा अग्रस्थानमा बसेर नयाँ खोजमूलक कार्य गरे राजनैतिक पार्टी सबै एकै हुन् सबैले आफ्नो विचार व्यक्त गर्न पाउनु पर्दछ भन्दै आफू समाजवादको बाटोमा लाग्नु भयो यो उनको निजी विचार भयो। यसरी विचार आफै बनाउनु सम्मानजनक छ। उनले अरूको विचारलाई आलोचना गर्नुभएन केवल वैचारिक धारणा राख्दा कसैलाई फरक जस्तो लागेको मात्र होला तर सम्पूर्ण नेपालीको उद्धार हुने खालको विचार मात्रै बोक्नु भयो। नेपाली कांग्रेस भित्र बसेर प्रतिनिधि सभाको सदस्य पनि हुनु भयो तर विचारमा कहिले पनि चुक्नु भएन पदको लड़ाई बाट जहिले पनि टाढै बसेर आफ्नो विचार कांग्रेसको सरकार हुँदा पनि प्रतिपक्षमा भएको जस्तो प्रस्ट विचार राख्दा प्रतिनिधि सभा हलमा सबैले ताली बजाएको हामी सामाजिक सञ्जालमा सहजै देख्न सक्छौं।

    नेपाली समाजले धेरै नेता जन्मायो केवल स्वभाविक रुपमा सबै समाजमा पुस्ताको नेता सबै ठाउँमा हुन्छ। त्यसको बारेमा चर्चा भने उसको कार्यकाल सकिएपछि हुन्छ वा उसको मृत्यु पछि हुन्छ। यो सबैले अनुभव गरेको कुरा हो तर पनि सकारात्मक आलोचना बाट किन टाढा रहन्छन् भन्ने कुरा जीवित वा कार्यकाल रहँदै गर्दा बुद्धि पुर्याउने हो भने समाज देश पनि बन्ने आफ्नो जीवनी पनि राम्रो भन्ने यो कुरा सबै नेताले नबुझ्दा विकासको गतिमा प्रश्न वाचक चिन्न उत्पन्न हुने हो। प्रदीप गिरी धेरै विकासका काम गरेर अस्ताउनु भएको छैन तर बैचारक तबरले विकासको मोडेल दिएर जानुभएको छ। अबका दिनहरुमा प्रतिनिधित्व गर्नुहुने सबै नेताहरुमा एउटा संदेह दिएर जानुभयो के कसरी लागू हुन्छ भन्ने कुरा आउँदा दिनहरुमा अवस्य देख्न सकिन्छ।

    प्रदीप गिरीको मृत्यु भयो भन्नासाथ नेपालमा भएका सबै राजनैतिक पार्टीका नेता बुद्धिजीवी लेखक पत्रकार विद्यार्थी लगायत सर्वसाधारण हरुको बाक्लो उपस्थिति रहेको थियो र उनीप्रति दुःखद व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दै उनको विचार लाई सम्मान गर्दै उनी प्रति वैकुण्ठ बासको कामना गर्दै प्राथना गरेका थिए। साथै समाजवादी प्रदीप गिरी अमर रहुन भन्ने नारा पनि गुन्जिएको थियो। सायद सच्चा एक युग पुरूष हुन भन्ने सबैले अनुभव गरेको हुन सक्छ। उनी सच्चा देश भक्ति हुन भन्ने कुराको सबैले महसुस गरेको त्यो बाक्लो उपस्थिति रहेको हुनाले अनुमान लगाउन सकिन्छ। पत्रकारको पनि कसरी उहाँको अन्तेष्टि गरिन्छ भन्दै आफ्नो रिपोर्टिङ लाई त्यसमै केन्द्रित गरी लाईभ वा युट्युब च्यानल हरुमा प्रसारण समेत गरेका थिए। त्यहाँ उपस्थित नभइकन पनि सामाजिक सञ्जाल मार्फत सबैले अवलोकन गरिरहेका थिए। जबकि एक सच्चा देश भक्तिको बाटोबाट कसरी आफ्नो विचार राख्न सफल भए भन्ने गुण गान गाउँदै गरेको प्रसस्त मात्रामा सुन्न पाहिन्थ्यो।

    उनीबाट केही सिक्न सकिने कुरा भयर होला अन्तिम श्रद्धाञ्जली अर्पण गर्नको लागी देशका मुख्य मानिसको उपस्थिति थियो त्यस्तै सामान्य जनताहरू पनि उनको विचारलाई सम्मान गर्दै उपस्थिति जनाएका थिए। उनकाे विचारको प्रतिपादन गर्न सक्ने एउटा सफल व्यक्तित्व हुन भन्दै प्रदीप गिरी अमर रहुन भन्दै सबैले एक स्वर गरी भन्दा कतिपयका आँखामा आँसु समेत रसाएका दृश्य पनि देख्न सकिन्थ्यो यसबाट के बुझ्न सकिन्छ भने एक सच्चा व्यक्तित्व भएको व्यक्ति अस्ताउँदा सबैमा नम्रता फैलाएको थियो। तर उनी जस्तो कसरी हुन सकिन्छ भन्ने कुराको बारेमा सोच्न आबस्यक थियो अझ कुनै पनि अनुसन्धान गर्न लागेको मानिसको लागि भने अत्यन्त गहन रूपमा अध्ययन गर्दै विश्लेषण गर्न सक्ने अवस्था थियो। किनभने कुनै एउटा पुस्ताले अलिकति वैचारिक धारण राख्न सक्यो भने कमसेकम नयाँ पुस्ताले पनि सिक्न सक्थ्यो।

    राजनैतिक विचारलाई धर्म शास्त्र सँग गाँसेर स्पष्ट आफ्नो धारणा राख्ने होस् वा समाजवाद कसरी उदायको हो भन्ने कुराको बारेमा अलि गहन विचार राख्ने भएका कारण समाजवादी धारणा राख्ने हरुका लागी उहाँको विचार भने ज्यादै नै महत्वपूर्ण हुनेछ। यसरी समाज लाई एक अंसमा राखी समाजवादको थालनी कसरी गर्न सकिन्छ भन्ने कुराको मुखे जवाफ स्पष्ट हुने गरी बोल्दा उहाँको एक प्रकारको अध्ययन भएको व्यक्ति भनी महसुस गर्न सकिन्थ्यो। तर उनको विचार लाई कति सम्म लागू गर्न सकिन्छ भन्ने कुराको बारेमा नेतृत्व गरी बसेका माननीय बाट अपेक्षा गर्न सकिन्छ खाली सर्वसाधारण हरुको चाहना मात्र हो उनकाे आफै पनि प्रतिनिधि सभाको सदस्य हुँदा पनि लागू गर्न सक्नु भएन यो एकदमै विडम्बना हो। सोचेर विचार लागू गर्ने भन्दा आफ्नो पदलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने नेताबाट खाली अपेक्षा मात्र राख्ने हो। समाज लाई नयाँ ढंगबाट वैचारिक धारणामा कसरी हिँडाउने भन्ने कुराको बहस मात्र हुँदा यस्तो हुन गएको हो।

    उनीबाट के सिक्न सकिन्छ भने एउटा पण्डित सबै पूजा पाठ गराउन सकेर आचार्य भाई मुख्य पत्र बन्न सक्दछ तर त्यो पूजामा कुन कुन पूजा गर्ने भन्ने कुरा त्यो घरमालिकको हातमा हुन्छ यस भनाइको मतलब त्यो पण्डित खाली विचारमा मात्र अड्किएको हुन्छ। यसरी प्रदीप गिरीलाई पनि भन्न सकिन्छ कि उनले राम्रो सँग पण्डित्याई गर्न सक्ने व्यक्ति हो तर सरकार बनाउने र त्यसको सही परिचालन गर्न सक्नु भएन। उनको उपदेश बाट नयाँ नेतृत्व जन्मनु आजको नेपाली राजनैतिक धरातलको आबस्यकता हो। उनको विचारलाई चिनेर नयाँ नेतृत्वले नीतिको बारेमा पुन परिवर्तनको लागी एकछत्र भई देशको मुख्य सुधार्नु पर्ने आर्थिक विकास गरी समृद्ध नेपाल बनाउन उनको संदेश बाट सिक्न सकिन्छ।

  • १४ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech