ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

नेप्से परिसूचक १.०८ अंकले घट्यो
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ ।

    बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवारको भन्दा कारोबार रकम थोरै अंकले बढेको छ । बुधबार १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    नेप्सेका १३ उपसमूह मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ । बाँकी अन्य समूहको परिसूचक घटेको छ ।

    बिहीवार नेप्से ओरालो लागे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोलाको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । तर राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । आज नेपाल टेलिकमको १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech