ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

राेट्याक्ट क्लब अफ तिलाेत्तमा शुद्धाेधनद्वारा वक्तृत्वकला सम्पन्न ,बाल अधिकार व्यबहारमा लागू गर्नु पर्नेमा जाेड।
  • हजुरकाे पाेष्ट

  • भाद् २९ शुद्धाेधन,राेट्याक्ट क्लब अफ तिलाेत्तमा शुद्धाेधनद्वारा बाल दिवसको अवसर पारेर बाल मैत्री शासन,बाल अधिकारकाे सम्मान विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियाेगिता क्लबका अध्यक्ष रमेश गाैतमकाे अध्यक्षता ,शुद्धाेधन गाउँ पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यता ,राेट्याक्ट क्लब अफ तिलाेत्तमाका संस्थापक अध्यक्ष महेन्द्र गाैतम, राेटरी क्लब अफ तिलाेत्तमाका निर्वाचित अध्यक्ष निरज श्रेष्ठ ,टिकाराम पाण्डेकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

    शुद्धाेधन गाउँ पालिका अन्तर्गत रहेका ८ विद्यालयका २३ जना विद्यार्थीहरू सहभागी रहेका थिए । कार्यक्रममा शुद्धाेधन गा. पा अध्यक्ष विष्णु बस्यालले शुद्धाेधन गाउँ पालिका बालमैत्री गाउँ पालिका घाेषणा भएकाेले सम्पुर्णले यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । प्रतियाेगितामा बाेल्ने विद्यार्थीहरूले देशकाे कानुनमा बालबालिकाका हकहितको लामै फेरहिस्त रहेता पनि ब्यबहारमा त्याे कार्यान्यनमा आउन नसकेको कुरा प्रती टिप्पणी गरेका थिए।

    वक्तृत्वकला प्रतियाेगितामा प्रथम स्थान लिटिल फ्लावर मा. विका छात्र समर क्षेत्री ,शंकर मा.वि कि छात्रा पार्वती थापा द्धितीय र फर्साटिकर मा. वि कि छात्र लक्ष्मी खनालले तृतीय स्थान हासिल गरेका छन्। प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि शुद्धाेधन गा. पा अध्यक्ष विष्णु बस्याल , विशिष्ट अतिथि महेन्द्र गाैतम तथा कार्यक्रमका अध्यक्ष रमेश गाैतमले मेडल,प्रमाणपत्र तथा झाेलाले सम्मान गरेका थिए ।उक्त कार्यक्रममा उपस्थितलाई स्वागत मन्तब्य कृष्टि शर्मा र सन्चालन राेट्याक्ट क्लब अफ तिलाेत्तमा शुद्धाेधनका सचिव अनिल भण्डारीले गरेका थिए।

  • २९ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech