ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार
  • हजुरकाे पाेष्ट

  • ३१ भदौ, एजेन्सि । बाढी/पहिरोबाट प्रभावित पाकिस्तानले बङ्गलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भइरहेको पाकिस्तानलाई बङ्गलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो ।

    छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर पाकिस्तानले सहयोग स्वीकार नगर्ने जवाफ दिएको समाचार संस्था एएनआईले जनाएको छ । यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।

    सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्गलादेशले विगतमा नमिठा सम्बन्ध र घटना भए पनि सङ्कट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको थियो।

    यसअघि नेपालले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानवीय सहायता उपलब्ध गराएको थियो ।

    सरकारको निर्णय अनुसार मङ्गलवार २२ टन सामग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको थियो । पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुनमध्यदेखिको बाढी/पहिरोबाट कम्तीमा १ हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ । ३ करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान छ ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech