ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै पार्टीबाट निर्वाचित सांसद सबैलाइ गर्यो बिदाइ

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई ओलीकाे निर्देशन

  • हजुरकाे पाेष्ट

  • ३१ भदौ,काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गरेको हो ।

    शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरूको फेहरिस्त बोकेर चुनावमा जान निर्देशन दिनुभएको उनले जानकारी दिए । त्यसैगरी गठबन्धन सरकारले देश र नागरिककाे अहितमा गरेका कामहरूको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको उनले  उल्लेख गरे।

    अध्यक्ष ओलीले नयाँ उम्मेदवार र नेताहरूलाई उत्साहका साथ एमालेलाई बहुमत दिलाउने गरी चुनावमा खट्न आग्रह गरेका छन । संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भने, ‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर प्रतिनिधि सभाका सांसदहरूलाई यहाँबाट बिदाइ गरेका छौँ । पार्टी अध्यक्षले हामीले सरकारमा बसेका बेलामा गरेका कामहरूको फेहरिस्त बोकेर, त्यसैगरी यो १४ महिनाको अवधिमा गठबन्धन सरकारले देश र जनताको अहितमा गरेका कामहरूलाई लिएर नयाँ घोषणापत्र, नयाँ उम्मेदवारका साथ, नयाँ उत्साहका साथ जनताको बीचमा जान र सानदार तरिकाले नेकपा (एमाले) लाई बहुमत प्राप्त गर्ने गरी चुनाव जिताउनका लागि सबैलाई अनुरोध गरेर आजको बैठक समापन भयो ।’

    अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भूमिकाप्रति सांसदहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech