ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन शुद्धाेधनद्वारा आयाेजित निबन्ध लेखन प्रतियाेगिता फर्साटिकर मा. वि कि छात्रा आकृति शर्मा भइन प्रथम
  • हजुरकाे पाेष्ट

  • भाद् ३१,शुद्धाेधन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन शुद्धाेधन गाउँपालिका समिति रूपन्देहीद्वारा आयाेजित अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियाेगिता नेपाल राष्ट्रिय शिक्षक सङ्गठन शुद्धाेधनका अध्यक्ष धुर्व बस्यालकाे अध्यक्षतामा सम्पन्न भएको छ।

    CNTA लुम्बिनी प्रदेशका सह- अध्यक्ष छविलाल पाण्डेको प्रमुख आतिथ्यता, NNTA रूपन्देहीका जिल्ला काेषाध्यक्ष दिनेश चन्द् मिश्र ,शिक्षक संगठन शुद्धाेधन अध्यक्ष खिमान्नद् भुसाल ,NNTA जिल्ला लेखा संयाेजक टंक पाैड्याल,पेसागत महासंघ प्रदेश सदस्य कृष्णप्रसाद भुसाल ,निर्णायक जयराम ढकाल ,NNTA रूपन्देहीका सदस्य नारायण आचार्य , NNTA जिल्ला सहकारीका लेखा संयाेजक केशरमणी गाैतमकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। देश विकासमा युवा विद्यार्थीकाे भुमिका विषयक निबन्ध लेखन प्रतियाेगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूकाे सहभागीता रहेको थियो ।

    जसमा प्रथम स्थान फर्साटिकर माध्यमिक विद्यालयकी छात्रा आकृति शर्मा,द्धितीय शंकर मा. वि कि छात्रा प्रकृति चाैधरी ,तृतीय भगलापुर मा. वि कि छात्रा जरिना पाण्डे र सान्त्वना विशाल काेहार र सरस्वती मल्लाह भएका थिए। कार्यक्रममा विजयी विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरेिएकाे थियोे ।

    उक्त कार्यक्रममा बाेल्ने वक्ताहरूले शिक्षक संगठनले शिक्षकहरूको हकहितको कुरा मात्र नभइ विद्यार्थीका प्रतिभाहरू प्रस्फुटन गर्ने काममा पनि निरन्तर लागेकाे कुरामा जाेड दिएका थिए। उक्त कार्यक्रमकाे सन्चालन NNTA शुद्धाेधनका सचिव केशव ज्ञवाली र स्वागत नरबहादुर थापाले गर्नुभएको थियोे ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech