ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

भुवन केसीमाथि खनिए प्रदीप, भने- ‘राजीनामा दिए इज्जत बढ्छ
  • हजुरकाे पाेष्ट

  • अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्वःविवेक प्रयोग गरेर राजीनामा दिन सुझाव दिएका छन् । शनिवार आयोजित एक कार्यक्रममा उनले ‘प्रेमगीत ३’लाई लक्षित गरेर बोर्डले रातीको ११ बजेपछि फिल्म चलाउन नपाइने निर्णय गरेकाले सर्वोच्च अदालतमा असोज २ गते हुन लागेको सुनुवाईभन्दा अगाडि नै राजीनामा दिए इज्जत बढ्ने बताएका हुन् ।
    उनले भुवन केसीप्रति लक्षित गर्दै भने- ‘मैले सुनेको थिएँ पढाई पुगेन भनेर मुद्धा परेको छ रे । पढाई एक हिसाबले राम्रै हो । तर, पढाईभन्दा अनुभव महत्त्वपूर्ण हुन्छ भनेर मैले बारम्बार भन्दै आएको हो । उहाँको फिल्म क्षेत्रमा २०औं वर्ष योगदान छ । तर, आज म भन्छु कि उहाँको असोज २ गते सुनुवाई हुँदैछ, त्योभन्दा अगावै स्वःविवेक प्रयोग गरेर राजीनामा दिँदा तपाईंको इज्जत बढ्छ ।’
    ‘प्रेमगीत ३’ रिलिजको संघारमा साँझको ११ बजेसम्म मात्र शो निर्धारण गर्नुपर्ने सूचना जारी हुनुले कतै आफूमाथि प्रहार त भइरहेको छैन भन्ने महसुस भएको प्रदीपले बताए । क्लबहरु विहान ४ बजेसम्म खुल्न पाउने तर फोन पनि साइलेन्ट गरेर फिल्म हेर्नुपर्ने ठाउँमा ११ बजेपछि शो चलाउन नपाउने नियम दिमाग नभएको मान्छेले बनाएको भन्दै प्रदीपले बोर्ड अध्यक्ष केसीप्रति कटाक्ष गरे ।
    pradeep khadka
    ‘मैले आजसम्म ममाथि कोही लाग्यो भनेर भनेको छैन । तर, आज मलाई लागेको छ कि कहिँ कतै ममाथि नै प्रहार भइरहेको त होइन ? ठ्याक्कै हाम्रो फिल्म रिलिज हुन लाग्दा नियम परिवर्तन हुने अनि विकास शुल्क भनेर १५ प्रतिशत तिर्नुपर्ने । केही समय अगाडि बोर्डले हामीलाई यिनीहरुले १५ प्रतिशत विकास शुल्क दिन लागेको भनेर सम्मान गरेको रहेछ कि के हो ?’ उनले भने ।
    बोर्डले आफूहरुलाई फिल्म प्रदर्शन अगाडि सम्मान गर्नुको औचित्य नदेखेको पनि उनको कथन छ । प्रदीपले आक्रोशित भावमा भने- ‘के बोर्डले फिल्मको मुम्बईमा होडिङ बोर्ड ठड्याएका कारण सम्मान गरेको हो ? मलाई त्यतिखेरै अचम्म लागिसकेको थियो । अहिले आएर हेर्दा त्यो सिर्फ गेम थियो भन्ने पुष्टि भयो । त्यसबेला म उपस्थित हुन पाइनँ, अहिले आफूलाई धन्य महसुस गर्छु ।’
    उनले बोर्ड अध्यक्षबाट भुवन केसीलाई अदालतले हटाउने पनि आशय व्यक्त गरे । बोर्डको जागिर स्थायी नभएको बताउँदै उनले भने, ‘राजालाई त हटाए भने बोर्डको जागिर स्थायी हो र ? त्यो मुद्धाको अदालतमा निर्णय हुँदैछ । म यही छु नी । अझै १०-२० वर्ष फिल्म इन्डस्ट्रीमा नै रहन्छु । उहाँलाई त्यहाँबाट निस्कनु छैन र ? अरुबाट निर्देशित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक नै छैन ।’
    बिहीवार बोर्डमा भएको छलफलमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म सरह सुविधा माग्नेलाई देशद्रोहीको मुद्धा लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए । प्रदीपले यसको काउन्टर दिँदै निर्माता संघ अर्को खोल्न सक्ने चेतावनी दिए । त्यस्तै, उनले आफूले बोलेको कुराले भोलीका दिनमा फिल्म पाउन छाडे नगर्ने समेत बताएका छन् ।
    के ‘प्रेमगीत ३’लाई चेप्न बोर्डले राती ११ बजेपछि फिल्म चलाउन नपाइने नियम ल्याएको हो ?
    ‘प्रेमगीत ३’लाई लक्षित गरेर चलचित्र विकास बोर्डले राती ११ बजेपछि फिल्म चलाउन नपाउने निर्णय गरेको भन्दै प्रदीपले भुवन केसीको राजीनामा माग्दै गर्दा उनमा अध्ययनको कमी देखिन्छ । बोर्डले बिहीवार यसको आधिकारिक सूचना दैनिक पत्रिकामा प्रकाशित गरेको भएपनि राती ११ बजेपछि शो चलाउन नपाइने निर्णय तत्कालीन अध्यक्ष दयाराम दाहालको पालामा भएको हो ।
    साउथ फिल्म ‘केजीएफ २’को शो केही मल्टीप्लेक्सहरुले रातीको १ बजे नै चलाएपछि बोर्डले विहान ६ बजेदेखि राती ११ बजेसम्म मात्र फिल्म चलाउन पाउने निर्णय गरेको थियो । यो निर्णय भुवन केसीको पालामा भएको होइन । तर, प्रदीपले अध्ययन नै नगरी अध्यक्ष केसीमाथि रिस पोखे, जुन गलत हो । दर्शकको सुरक्षालाई मध्यनजर गर्दै बोर्डले फिल्म प्रदर्शनको समय तोकेको थियो ।
  • १ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech