ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
  • हजुरकाे पाेष्ट

  • असाेज१,बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले कक्षा नर्सरीदेखि यूकेजीसम्मका बालबालिकाहरुका अभिभावक तथा सम्पूर्ण शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । अभिभावकहरु तथा शिक्षकहरुलाई असल अभिभावक एवम् शिक्षक बन्न र बालबालिकाहरुलाई असल संस्कारयुक्त शिक्षा दिई संस्कारयुक्त बालबालिका बनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्ष्यतामा सञ्चालन भएको थियो ।

    बिहान १० बजेदेखि सुरु भई साँझ ६ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अक्षरा स्कुल, काठमाडौंकी डाइरेक्टर तथा सजहकर्ता अन्जु भट्टराईले एउटा अभिभावकले आफ्ना बालबालिकहरुका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो । अर्का सहजकर्ता डाक्टर राजु अधिकारीले बालक तथा अभिभावकको स्वास्थ्यसँग जोडिएका थुप्रै विषयमाथि प्रकाश पार्नुभएको थियो । साथै उहाँले शिक्षकहरुको कार्यक्षमता विकास गर्न तथा वर्तमान बालबालिकामा संस्कारहीनता बढ्दै गइरहेको सन्दर्भमा बालबालिकाहरुलाई कसरी संस्कारयुक्त शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बारेमा आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले वर्तमान सन्दर्भमा शिक्षालाई संस्कारसँग जोडेर अगाडि बढाउन अपरिहार्य भइसकेको बताउनुभयो । साथै उहाँले विद्यार्थीहरुलाई संस्कारी बनाउन र व्यावहारिक शिक्षा सिकाउनका लागि ‘संस्कारसहितको शिक्षा’ भन्ने नारालाई साकार पार्ने गरी विद्यालय अगाडि बढेको जानकारी गराउनुभयो ।

    सहजकर्ता द्वय अक्षरा स्कुल, काठमाडौंकी डाइरेक्टर अन्जु भट्टराई तथा डाक्टर राजु अधिकारीको सहजीकरण एवम् विद्यालयका सहप्राचार्य चिरञ्जीवी सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech