ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । अब इन्टरनेट सेवा प्रदायकले अब अन्य सेवा बन्डलिङ गरेर अन्य सेवा बेच्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले कानुनले नै निषेध गरेको ‘क्रस सब्सिडी’ हुने गरी अन्य सेवा बन्डलिङ गर्न रोक लगाएको छ ।

    एक सूचना जारी गर्दै प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था स्मरण गराएको छ । साथै स्वच्छ व्यापार गर्नु पर्ने कानूनी व्यस्था रहेको र कुनै पनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय क्रम सब्सिडीको रुपमा अर्को सेवामा प्रयोग गर्न समेत निषेध गरेको उल्लेख गरेको छ ।

    प्राधिकरणले कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आइरहेको र यसरी इन्टर्नेट सेवाबाहेक अन्य सेवाहरु सञ्चालन गर्ने क्रममा इन्टरनेट सेवा, आईपीटिभी सेवा र अप्टिकल नेटवर्क युनिट र राउटरहरुको प्याकेज बनाई केही सेवा निःशुल्क समेत प्रदान गर्ने गरी बन्डलिङ गरी प्रचार प्रचार भइरहेको भन्दै ध्यानाकर्षण जनाएको छ ।

    ‘यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट क्रम सब्सिडी समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था विपरीत बन्डिलिङ जस्ता गैरकानूनी कार्य नगर्न/नगराउन सरोकारवाला तथा सम्बन्धित सवै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ प्राधिकरणले सूचनामा भनेको छ ।

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech