ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत
  • हजुरकाे पाेष्ट

  • ८ आश्वन, वुटवल /   बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रम बुटवल जितगढिमा रहेकाे लाल दरबार कटेजमा आर्थिक अनुसन्धान केन्द्र नेपाल , समृद्धि सराेकार केन्द्रकाे संयुक्त आयाेजनामा सम्पन्न भएको छ । कार्यक्रममा विश्लेषक ऋषि आजादले बुटवलकाे विकास माेडलका बारेमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियाे । उक्त कार्यपत्रमा वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईंले टिप्पणी गर्दै बुटवलको विकासका लागि बाैद्द दर्शनका मुलभुत कुराहरुलाई व्यवहारिकता सँग जाेडेर लैजानु पर्ने र यसाे गर्न सकिएमा मात्रै सामाजिक न्याय सहितकाे समतामूलक समाज निर्माण हुने र यसकाे लागि बुटवलले नेतृत्व गर्नु आवश्यक रहेको बताए ।
    कार्यक्रममा पर्यटन विज्ञ बल बहादुर आचार्यले मुलुककाे आर्थिक समृद्धिका कृषि , पर्यटन र प्राकृतिक सम्पदाकाे समुचित उपयोग गर्ने नीति र व्यवहार आवश्यक रहेकाे बताए । लेखक तथा प्राध्यापक हुमराज भुसालले बुटवलले भाैतिक पूर्वाधार विकास र बिस्तारकाे कार्यमा तिव्र गतिमा परिवर्तन गर्दै लगेकोले अबका दिनमा मानवीय जनशक्ति विकासकाे कार्यलाई अगाडि बढाउनु आवश्यक रहेकाे बताए । उनले नेपालकाे आर्थिकसामाजिक रुपान्तरणमा बुटवलले नेतृत्व लिने र यसका लागि बुटवल सँग त्याे क्षमता रहेको बताए । प्राध्यापक जीवन परियारले हाम्रा आर्थिक नीतिहरु प्रत्यक्ष रुपमा जीवनशैलीमा सुधार ल्याउने हुनु पर्ने र यसका लागि बुटवल उपमहानगरपालिकाकाे आर्थिक नीति बन्नुपर्नेमा जाेड दिएका छन ।
    लेखक प्रेम परियारले बुटवलले मानव संशाधन सँगसँगै मानवियता पनि विकसित गर्दै लगेकोले बुटवल नेपालीको आर्थिक केन्द्र रहेको बताए ।
    यसैगरी व्यवसायी शाेभाखर पाण्डेले राज्य व्यवसायीकाे अभिभावक बन्न नसकेकोमा दु: ख व्यक्त गर्दै , बुटवलमा बाहिरी लगानी भित्र्याउनका लागि ध्यान दिनु भन्दा यहाँका व्यवसायिलाई प्रबर्द्धन गर्ने खालकाे आर्थिक माेडल बुटवलमा हुनु पर्ने बताए । शिक्षिका गिता बन्जाडेले आर्थिकसामाजिक रुपान्तरणका लागि हाम्रा शैक्षिक कार्यक्रम नै असफल रहेकोले यसलाई स्थानीय आवश्यकताका आधारमा बनाउनुपर्ने बताईन । हाेटल व्यवसायी समुन्द्र जि सिले बुटवलको आर्थिकसामाजिक समृद्धिमा पर्यटन व्यवसायकाे भुमिका महत्त्वपूर्ण रहे पनि स्थानीय सरकारले पछिल्लो समयमा सहजीकरण गर्न नचाहेको बताए ।
    कार्यक्रममा बाेल्दै गणेश बेलवासेले बुटवलका स्थानीयले अस्थायी बासिन्दाले उपेक्षा गरेकाले विकासमा अवरोध आएको बताए । कार्यक्रममा दीपक पन्थि गाेपि तिमिल्सिना लगायतले मनतव्य राख्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन ऋृषि आजादले गर्नु भएको थियाे भने अध्यक्षता गणेश घिमिरेले गर्नु भएको थियाे ।

  • ८ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech