ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न
  • हजुरकाे पाेष्ट

  • असाेज ८ बुटवल ,नेपाल राष्ट्रिय शिक्षक सगठन जिल्ला समिति रूपन्देहीकाे २० आैं जिल्ला परिषद तथा विजया दशमी ,शुभदिपावली र छडपर्वकाे अवसरमा शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम सपन्न भएको छ।

    नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रूपन्देहीका अध्यक्ष धनिश्वर गाैतमकाे अध्यक्षता,नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीकाे प्रमुख आतिथ्यता,नेपाल राष्टिय शिक्षक संगठन राष्ट्रिय समिति सह महासचिव हंशबहादुर शाही ,नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य माेतिलाल सुवेदी , शिक्षक महासंघ लुम्बिनी प्रदेशका सह अध्यक्ष छविलाल पाण्डे लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे। उक्त कार्यक्रममा जिल्ला स्तरिय निबन्ध लेखन प्रतियाेगिता गरिएको थियोे ।

    जसमा कालिका मानवज्ञान मा. वि कि छात्रा मनिषा पराजुली प्रथम,सैनामैना सरस्वती मा. वि कि छात्रा सुवेक्षा पाैडेल द्धितीय, काेटहीमाई मा. वि कि छात्रा तृतीय र फर्साटिकर मा. वि की छात्रा आकृति शर्मा सान्त्वना भएका छन्। सम्पूर्ण सफल विद्यार्थीलाई कार्यक्रमका अध्यक्ष ,प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाणपत्र,टीका,खादा तथा नगदसहित सम्मान गरिएको थियोे । उक्त कार्यक्रममा सेवा निवृत शिक्षक शिक्षिका,कर्मचारी , बढुवा भएका शिक्षक शिक्षिका सम्मान र SEE परीक्षा २०७९ मा GPA 4 ल्याउन सफल विद्यार्थीलाई समेत सम्मान गरिएको थियोे ।


    कार्यक्रममा अध्यक्षले सांगठनिक प्रतिवेदन तथा काेषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा बाेल्ने वक्ताहरूले शिक्षकहरूलाई राज्यले अझै सम्मान गर्न नसकेकाे र अन्य कर्मचारीलाई भन्दा फरक नजरले हेरेको हुदा शिक्षकका अधिकार स्थापित गर्ने काममा सम्पूर्ण शिक्षकहरू एकजुट भएर लाग्नुकाे विकल्प नभएको बताएका थिए। कार्यक्रममा विभिन्न गीत तथा नृत्यहरू समेत प्रस्तुत भएका थिए।उक्त कार्यक्रमकाे सन्चालन राष्ट्रिय शिक्षक संगठन रूपन्देही कार्यसमिति सचिव यज्ञ सापकोटाले गरेका थिए

  • ८ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech