ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

आईसीसी टी–२० विश्व कपमा आज दुई वटा खेल हुँदै
  • हजुरकाे पाेष्ट

  • ३१ आश्विन काठमाण्डाै। आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो ।

    तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो ।

    यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ । हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको थियो ।

    यो विश्व कपमा आयोजक अष्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

    टी–२० विश्व कपमा अहिलेसम्मका ७ संस्करणमा ६ टोली च्याम्पियन बनेका छन् । वेस्ट इन्डिजले दुई पटक विश्व कप जितेको छ । यो विश्व कपको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

  • ३१ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech