ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा
  • हजुरकाे पाेष्ट

  • १९ कार्तिक, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका छन ।

    गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी ओली जी दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ? भनेर प्रश्न गरे । साथै उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे । बोलेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले भूमि फिर्ता ल्याउन भारतसँग कुरा गर्ने बताए ।

    हिजो दार्चुलाको खलंगामा भएको चुनावी सभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको एक इन्च जमिन कसैलाई नछाड्ने बताएका थिए । आज डडेलधुरामा भएको सभामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र तथा समावेशी संविधानलाई बचाउनुपर्ने आवश्यकता रहेको समेत बताए।

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech