ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।
  • हजुरकाे पाेष्ट

  • १९ कार्तिक बुटवल । अक्सफोर्ड मा वि बुटवलले प्रथम त्रैमासिक परीक्षाकाे परीक्षाफल एक समारोहका बिच प्रकाशित गरेको छ। असाेज ६ गते देखि १४ गतेसम्म सन्चालन भएको परीक्षामा करिब १५०० विद्यार्थीहरू सहभागी भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा ५२ जना विद्यार्थी तथा विद्यार्थीहरूका अभिभावकहरू नगद सहित सम्मानित हुनुभएको थियोे ।

    ३ दशमलव ६४ प्रतिशत भन्दा धेरै जिपिए ल्याउने ११ जना विद्यार्थीहरूलाई जनही १०,००० नगद र ३ दशमलव ४४ भन्दा माथि जिपिए ल्याउने ४१ जना विद्यार्थी तथा अभिभावकलाई ३००० नगदले सम्मानित गरिएकाे हाे । परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ५२ जना विद्यार्थीहरूलाई ३ महिनाको मासिक शुल्क समेत छुट भएको छ।

    स्थापना कालदेखि नै विभिन्न परीक्षाफलमा नेपालमै उत्कृष्ट हुन सफल अक्सफोर्ड मा. वि ले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै मेघावी विद्यार्थीलाई सम्मान गर्दै आएको छ। परीक्षाफल सार्वजनिक तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा आफ्नो कक्षाबाट शतप्रतिशत अभिभावक उपस्थित गराउन सफल ८ जना प्रध्यापकहरूलाई समेत सम्मानित गरिएको थियोे ।

    कार्यक्रममा विधालय व्यवस्थापन समितिका सदस्य ललित खरेल ,अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनाेज मरासिनी ,अक्सफोर्ड मा विका प्राचार्य दिनेश भुसाल लगायतकाे उपस्थिति रहेको थियोे ।परीक्षाफल सार्वजनिक कार्यक्रम ८५ प्रतिशत विद्यार्थीका अभिभावकहरूकाे उपस्थिति रहेको थियोे । उपस्थित अभिभावकहरूले अक्सफोर्ड मा. वि बुटवलले संस्कार सहितको शिक्षा दिइरहेको हुदा अझ यसलाई समय अनुकूल परिस्कृत गर्दै जानुपर्नेमा जाेड दिनुभएको थियोे । उक्त कार्यक्रमकाे सन्चालन विद्यालयका सहायक प्राचार्य सुमन भुसालले गर्नुभएको थियो ।

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech