ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता
  • हजुरकाे पाेष्ट

  • बुटवल १९,कार्तिक,पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् ।
    मदन भण्डारी स्पोट्र्स एकेडेमीले शनिबार बुटवलमा आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै उनले देशका लागि खेलेर नाम उचो बनाउने खेलाडीहरुलाई सम्मानीत तरिकाले बा“च्ने आधार बनाउने बताए । ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् । त्यसकालागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरि प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उनले भने, ‘रोग लाग्दा उपचार गर्न निशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’
    पूर्व मन्त्री पौडेलले खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

    एमाले उपाध्यक्ष पौडेलले आफू खेलकुद मन्त्री खेलको विकासका लागि बन्दा दशरथ रंगशाला,टिटी रंगशाला लगायतको स्तरोन्नति गरेको काम सम्झिए । अर्थमन्त्री हुंदा प्रदेश स्तरीय खेलमैदान, एक प्रदेश एक रंगशाला निर्माण, हाइअटिच्युट खेलको प्रशिक्षण र सुरुवात, शान्तिका लागि दौड, खेल पूर्वाधारको स्तरोन्नति लगायतको काम गरेको उनले बताए । ‘खेल मैदान, खेल पूर्वाधार र प्रशिक्षण अभावमा खेलाडीहरुले गतिविधि गर्न नपाउने अवस्था हुनु हुदैन,’ उनले भने, ‘अब खेललाई पर्यटन, स्वास्थ्य, संस्कृति, अनुशाशन, शान्ति र सदभावलाई जोडेर विकास गर्ने योजना रहेको समेत स्पष्ट पारे।

    रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उमेदवार समेत रहेका पौडेलले खेल प्रतिश्पर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिश्पर्धा सिक्नुपर्ने र स्वार्थ एवं अस्वस्थ प्रतिश्पर्धा हटाउन खेलका विधि र तरिकाहरुलाई जस्तै स्वच्छ विधि अवलम्बन गर्नुपर्ने बताए । खेल स्वास्थ्य, अनुशाशन, मनोरन्जन र प्रतिश्पर्धात्मक ज्ञानका लागि आवश्यक रहेको बताउदै उनले अब सबैका लागि खेल गतिविधि गरिनु पर्ने बताए । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको बताएका थिए।कार्यक्रम मदन भण्डारी स्पाेट्स एकेडेमीका केन्द्रीय अध्यक्ष धुर्ब आचार्यकाे अध्यक्षता तथा प्रचार विभाग प्रमुख अमृता अनमाेलकाे सन्चालनमा भएको थियोे ।

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech