ब्रेकिङ
रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।
  • हजुरकाे पाेष्ट

  • मङ्सिर १० बुटवल, बुटवल ट्राफिक चोक स्थित JN SIR कोरियन भाषा (रोजगार ईन्स्टिच्युट) बुटवलले एक कार्यक्रमका विच EPS EXAM माउत्तीर्ण हुने बिद्यार्थीलाई बधाइ,सम्मान,तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे छ।
    काेरियन भाषाको eps exam ले हालै प्रकाशित नतिजा अनुसार उत्तीर्ण बिद्यार्थीहरुलाइ बिदाइ तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो।
    २०२२ मा उत्पादन मुलक क्षेत्रको दोस्रो चरणको परिक्षामा उत्तीर्ण भएकालाई बिदाइ गरिएको हो भने नया अध्ययनकाे लागि आएका बिद्यार्थीहरुलाई स्वागत गरिएको प्रीन्सिपल जगन्नाथ न्यौपाने (JN SIR)ले जानकारी दिनुभएको छ।
    बुटवल १२ तामनगर रहेको हाेष्टेलमा बसेर अध्यन गरेका बिद्यार्थी र बुटवल ईन्स्टिच्युबाट उत्पादनमुलकको दोस्रो चरणमा eps exam दिएका बिद्यार्थीहरु सतप्रतिशत उत्तीर्णभएको सस्थाका पृन्सिपल जगन्नाथ न्यौपानेले जानकारी दिनुभयो।
    अघिल्लो बर्ष पनि कृषि तथा उत्पादनमुलक क्षेत्रमा exam दिने बिद्यार्थी होस्टेल तर्फ सत प्रतिशत उतिर्ण भएको र आफुहरुले YouTube र विभिन्न अन्लाईनमार्फत पढाएका धेरै बिद्यार्थीहरु पनि लाभान्वित भएको हुदा मुख्य राेजाईकाे रूपमा आफुहरू परेको सह प्रशिक्षक तथा होस्टेल इन्चार्ज शालिक अधिकारीले जानकारी दिनुभयो।
    कार्यक्रममा ईन्स्टिच्युटका सञ्चालक अर्जुन बिश्वकर्माले बिद्यार्थीकाे परिश्रम र शिक्षककाे मार्गदर्शनले उत्कृष्ट रिजल्ट आएकोमा आफुलाई गर्व महसुस भएको बताउनुभयाे। ईन्स्टिच्युटले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै गरेको दाबी समेत गर्नुभयाे ।
    न्युनतम लगानीमा होस्टलको सुबिधा प्रदान गरेको बताउदै ४ हजार मासिकमा एक जना बिद्यार्थी राखेर अध्यापन गराईरहेको समेत बताउनुभयो । कार्यक्रममा सहायक प्रशिक्षक शालिकराम अधिकारी ,ब्यवस्थापक सुरेश पन्थी, प्रशिक्षक यादब अधिकारी , जोसेफ कहर, बिद्यार्थी महेश भट्टराईले आफ्नो मन्तव्य राख्नुभएकाे थियोे ।

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech