ब्रेकिङ
परिवर्तनको एक वाणि युवा पुस्ता
  • यज्ञमुर्ति पाण्डे

  • २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पश्चात मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। कुनै सार्वजनिक भए भने कुनै हुने वाला छन्  ,जे होस  मतदाताले दिएको मतबाट सन्तुष्ट हुने आधार मध्यको एक आधार  धेरैजसो यूवाहरु यस निर्वाचित संख्या भित्र छन्। मतदाताको एउटै विडम्बना जतिपटक भोट दिएपनि पुरानै अनुहार र ति अनुहारबाट सार्वजनिक जनताले खासै सकारात्मक परिवर्तनको महसुस गर्न नसकेको गुनासो थियो।नभन्दै मत परिणामले कुनै बिल्कुल नयाँ र कुनै अझै आशा पलाएका युवा तर केही  पुनः निर्वाचित भई नेतृत्वको चर्चामा आएका युवा पुस्ता छन् । तर सरकार गठन कसरि हुन्छ भन्ने कुराको बिषयमा अल्मल्याइ बहस हुन सुरु भएको छ ।

    पुरानो अवस्था हेर्ने हो भने केही परिवर्तनको लागि लडेका तर आफ्नो तर्क पनि राम्रोसँग राख्न नसक्नेहरूको भिड थियो , तर यो पटकको चुनावले भने सार्वजनिक रुपमा वा राजनैतिक रुपमा (परिचय) सार्वजनिक नभएका तर आफ्नो योग्यता र कार्यक्षमता बाट मात्र परिचित युवा एकाएक आउँदा साँच्चिकै देशमा परिवर्तन र दिगो विकासका लहर चल्ला त ? भन्ने कुराको खुल्दुली बढेको छ ।  निर्वाचन भयो तर सरकार बनाउनका लागि के कति संख्या को आवश्यकता पर्दछ भन्ने बारेमा अंक गणित सुरु हुन लागेको छ । कसरी सरकार बन्दछ र कस्ता विकासका योजना बन्लान भन्ने कुरा स्वभाविक हो तर सरकार युवाहरूको बन्ने हो कि बुढा (बा) भनिएकालाइ प्राथमिकता दिने हो भन्ने विषय पेचिलो बन्न पुगेको छ ।

    हो यहांनेर समाजशास्त्र जोडिएर आउछ मूलतः जनातको समस्या र चाहाना संग नेतृत्व गरिरहेको समूह वा सरकार प्रति के कती सकारात्मक सहमती र के कती असहमति भए ? जून जून समूह लाई सरकारको महसूस हून पर्ने हो त्यो समूह के कती सन्तुष्ट भए भन्ने कुराको सूक्ष्म देखी बृहत रुपमा रहेको अन्तर सम्बन्ध हेर्नको लगी समाजशास्त्रिय दृष्टिकोण आबास्यकता पर्दछ  त्यासकरण यो लेख़ समाजशास्त्रिय हुने छ ।

    समाज परिवर्तनको आफ्नै नियम हो, यो चलाएमान छ र परिवर्तन भइरहेको हुन्छ  यो महसुस गर्ने कुरामात्र हो । त्यस्तै कुनै व्यक्तिको जीवन यापनमा जन्मदाको समय बालक वयस्क अवस्था हुँदै बृद्ध अवस्थासम्म के कति परिवर्तन भयको हुन्छ । त्यसैगरी समाज पनि त्यो गतिमा सँगसँगै परिवर्तन भइरहेको हुन्छ यो सामान्य कुरा हो । तर यो सँग जोडिएका संस्कार-संस्कृति आर्थिक  तथा राजनीति पनि परिवर्तन भई नयाँ शिक्षाको खोज गर्दै एक अबस्थाबाट अर्को अवस्थामा जाने क्रम नै परिवर्तन बीचको श्रेणी हो । त्यो परिवर्तनको मूल फुटाउने भनेको नै राजनीति हो । यसमा सम्पूर्ण जीवन बाच्ने आधार सोच्ने कुरा (शिक्षा स्वास्थ्य रोजगार) सबैको प्रश्न यतातिर केन्द्रित हुनुमा पनि आपत्ति होइन्।किनभने विश्वमा भएको परिवर्तन के नेपालमा आवश्यक छैन भन्ने विषयको सन्दर्भमा युवा पूस्ता भनिएको हो ।

    आजको विश्वलाई ७० वर्ष पुर्ब फर्केर हेर्दा के वास्तवमै विकासका लहर आएका थिए ?  आजको विश्वमा मानिने चर्चित विकास गरेका देशभन्दा नेपाल श्रोतसाधनमा खासै कमी थिएन । किनभने त्यो समयको आवश्यकता भनेको खाना बास कपडा भए हुन्थ्यो र त्यतिबेलाको परिवर्तन भनेको गाँस बास कपासको थियो । तर अहिले ७० वर्ष पछाडि विश्वमा भएको परिवर्तन नेपालले पनि प्राप्त गर्न सक्दछ  । किनभने ति बिश्वले उत्पादन गर्न सफल भएकाे बौद्धिक सम्पत्तिको उचित प्रयोग नै त्यो देशको सम्पन्नताको आधार थियो ।तर आजको नेपालमा पनि केहि बौद्धिक संख्या उत्पादन  भएको छ , त्यसको समुचित परिचालन गर्न सके बिकासका सम्भावना खोज्न टाढा जानु पर्दैन। यो कुनै पात्रलाई खोजेको भन्दा पनि महसुस हुनेगरी परिबर्तन ल्याउन सक्ने युवालाई खोजेको हो । त्यसकारण स्वतन्त्र उम्मेदवारहरु को शान्दार जित भएको छ ।

    चुनाव जित्नका लागि पार्टीगत रुपमा धेरै प्रचारबाजि  र तिगडम भए तर धेरैपटक देखिसकेका उमेद्वार पुनः दोहोरिएर आए फलस्वरूप जनताले फर्काउन सक्ने भनेको नै जनमत थियो ।जे जसरी आफ्नो संगठनको घोषणापत्र बनाउदै चुनाव जित्दै गरेका संगठनहरुलाई जनमत नदिइ कुनै स्वतन्त्र लाई जनादेश दिनु त्यति सामान्य कुरा होइन । किनभने तुलनात्मक रुपमा जनमत प्राप्त संख्या घट्नु र सहभागीले स्वतन्त्र उमेदवार छान्नु आखिर जनतालाई परिवर्तन व्यवस्थापन गर्न सक्ने नेतृत्वको खोजीमा रहेछ भन्ने कुरा सायद (माउ) पुराना पार्टीलाई अवगत भएन होला । सामान्यतः नागरिकले जान्ने कुरा भनेको कुनै ठूलो संख्यामा बहुमतको सरकार हुँदा पनि स्थिरता हुन नसक्नु दिगोरुपमा विकासको मोडल बनाउन नसक्नु र परिवर्तित समाजको व्यवस्थापन पनि चलाएमान बनाउन नसक्नु यस्तै कारण हुन सक्छन्।

    युवा प्रतिनिधि सबै राजनीति मात्र गरेर आएका छैनन् कुनै डाक्टर कुनै इन्जिनियर कुनै विद्यार्थी कुनै उद्योग वाला जस्ता बिषय बिज्ञ गरी थुप्रै छन् । तर व्यवस्थापन गर्नको लागि राजनीति सिकेका केही युवाबाट ति अन्य पेशाबाट आएका बुद्धिजीवी वर्गले एकप्रकारको देशलाई के कस्तो भ्रमण गराउँदा यहाँका जनतालाई सुविधा हुन्छ जनता के कति खुसी हुन्छन् भन्ने एउटा पाटो होला तर बौद्धिक बहस भनेको सामान्य नागरिकलाई विकासका मोडेल सिकाउदै सकारात्मक सन्देश दिनु हो । गाउँघर शहर लगायत ठाउँमा जनताको बसोबास छ , यो बसोबास के कति सुरक्षित छ वा छैन भन्ने कुरा राजनैतिक बहसको माध्यमबाट सुरक्षित बनाउन (शिक्षा स्वास्थ्य र रोजगारी) कसरी उत्पादन गर्न सकिन्छ  भन्ने कुराको महसुस हुनेगरी एकप्रकारको  पञ्चवर्षीय योजना यो नवनियुक्त बौद्धिक प्रतिनिधिबाट प्रतिनिधि सभाबाट बहस सुरु हुन आवश्यक छ ।

    विश्वव्यापीकरणको माध्यमबाट विश्वमा भएका विकास क्रमका अनुभवको नेपाली समाजमा पनि क्रमागत रुपमा प्रभाव पर्न थालेको छ । त्यसको फलस्वरूप पुराना नेताको सट्टा युवा नेतृत्व भयो भने ती विकासका मोडेल कुनै बिश्वविद्यालयमा सैद्धान्तिक रूपमा पढेका कुरालाई प्रयोगात्मक रूपमा प्रयोग गर्न सक्दछन् र विकासको गति अगाडि बढ्छ भन्ने धेरैजसो मतदाताले आसागरेको सुन्न पाइन्थ्यो तर विकास  दिगो रुपमा  गर्नु पर्दछ भन्नेको संख्या थोरै थियो।  परन्तु जनताले दिने जनमत हो , तर विकासको मोडेल उनीहरुसँग हुँदैन त्यसकारण यसपटक बौद्धिक र खुल्ला समूहलाई मन पराएको सर्वसाधारण जनतालाई नयाँ मोडेलको विकास आवश्यक रहेछ भन्ने कुरा बुझ्न सकिन्छ ।

    समग्रमा भन्नुपर्दा युवापूस्ता भन्नाले नयाँ जोस जागरण र परिवर्तनको अभियानमा सधैं बहस गर्ने वा गर्न सक्ने व्यक्तिलाई बुझिन्छ तर सोचाइ चिन्तन समकालीन हुन सकेन भने उमेरले मात्र युवा भएर कुनै अर्थ राख्दैन । नयाँ सोंचको आधारमा परिवर्तनका लागि युवा भनिएको हो यसको अर्थ यो पनि हुन्छ कि , “विद्वानहरूको समूह पाउँदा जनतामा  नयाँ राष्ट्रिय निर्णय गर्दा देशलाई कुनै न कुनै हिसाब बाट फाइदा हुने गरेको हुन्छ भन्ने विश्वास हुन्छ ।  त्यसकारण नयाँ युवा बुद्धिजीवी प्रतिनिधी सभा सदस्य भएका छन।  यो अबसरलाइ कुनै पनि हालतमा खेर फाल्नु हुदैन भन्दै सम्पुण बिजेता प्रतिनिधिहरु लाइ कार्यकाल सफलताको शुभकामना ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech