ब्रेकिङ
मृगौला पिडितलाई आर्थिक सहयोग
  • हजुरकाे पाेष्ट

  • बुटवल। बिगत ६ महिनादेखी दुवै मृगौला फेल भएर आर्थिक अभावका काराण उपचारका लागि समस्यामा परेका अर्घाखाची जिल्ला छत्रदेव गा.पा. ४ गाउडाडा निवासी मित्रमणि न्यौपानेलाई सहयोगका स्वरुप रु एक लाख पचहत्तर हजार प्रदान गरिएको छ।

    सामाजिक कार्यमा सक्रिय हाल अमेरिकामा रहनुभएकी बिष्णु न्यौपाने र उहाका भाई हरि न्यौपानेको पहलमा विभिन्न व्यक्तिहरुको सहयोगमा संकलन भएको रकम उनको अस्थाई निवासमा उपस्थित भएर प्रदान गरिएको हो । सुरुमा भारतमा उपचार गराइरहेका उनको काठमाडौको सहिद धर्मभक्त अस्पतालमा उपचार गराई हाल बुटवलको गौतमबुद्ध सामुदायिक अस्पतालमा डाइलाइसिस गराइहेका छन् ।

     

    डाक्टरको सल्लाह अनुसार केहि समयपछि मृगौला फेर्न सकिने भएको हुदा हाल आर्थिक संकलन गरिरहेका उनलाई विभिन्न सामाजिक व्यक्तित्वहरुले सहयोग गरिरहेको र अझै धेरै आर्थिक अभाव भएको जानकारी दिए ।

     

    सहयोग हस्तातरण कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता एवं समाजसेबी व्यक्तित्व कमल प्रसाद न्यौपानेले भाइको उपचारमा कुनैपनि कमि हुन नदिने प्रतिबद्दता ब्यक्त गर्नुका साथै अन्य सहयोगी हातहरुलाई समेत सहयोगका लागि अपिल गरेका छन् ।

  • १७ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech