ब्रेकिङ
देश विकासमा विद्यार्थीको भूमिका
  • बिनोद भुसाल

  • कुनै पनि देशको विकासमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ। देश विकासको मुख्य आधार भनेकै विद्यार्थी हुन्। आजका विधार्थीहरुले भोलि गएर देशको सम्पूर्ण दायित्व आफ्ना काँधमा लिने हुँदा देशको भविष्य उनीहरूकै हातमा रहेको हुन्छ। हुनत देशको विकास कुनै वर्गबाट मत हुन् सक्दैन। देशको चौतर्फी विकास गर्नका लागि प्रकाशक, शिक्षक, डाक्टर आदि सबै वक्रको उतिकै ब भूमिका रहेको छ। यी मध्य पनि देशको विकासका लागि विद्यार्थीको विशेष भूमिका रहन्छ। आजका विद्यार्थी नै भोलि गएर कुशल प्रकाशक, शिक्षक,डाक्टर बनेर देश विकासका कार्यमा जुट्ने भएकोले कुनै पनि देशले हरेक क्षेत्रमा उन्नति गर्नका लागि विद्यार्थी भर पर्नुपर्छ। विद्यार्थीकै भरमा देशले शिक्षा, स्वस्थ, संचार, उद्योग आदि हरेक क्षेत्रमा राम्रो उन्नति गर्ने भएकोले देश विकासमा को अहम् भूमिका रहने कुरालाई कसैले आविष्कार गर्न सक्दैन।

    यो संसारमा हेरक मनिसको केही न केही सिप र कला लिएर जन्मेका हुन्छन । हामीले त्यस क्षम्तालाई बुझेर आफ्न्नो मेहनेतले त्यसलाई प्रस्फुटन गर्न सक्नु पर्छ । 

    त्यस पछि हाम्रो जीवनमा आरामै आरामै हुन्छ । दुख पछिको सुख मिठो हुन्छ भने झैँ हामीले दुख गरे पछी मात्र सुख प्राप्त गर्न सक्छौ ।


    विद्यार्थीहरू देशका समेत नागरिक हुन्: सक्षम जनशक्ति हुन्। विद्यालय र कलेजमा गहिरो अध्ययन गरेर उनीहरू राष्ट्रिय र अन्तरराष्ट्रिय गतिविधिबारे राम्रै जान्ने-बुझ्ने मौका पाएका हुन्छन्। उनीहरूको गहिरो अध्ययनबाट पता लाग्ने नया-नया कुराहरूबाट सबै लाभान्वित हुन्छन्। अर्कातर्फ विद्यार्थी काल नै मानव जीवनको बिहानी भएकोले प्रत्येक व्यक्तिमा असल गुणहरूको बीजारोपण विद्यार्थी कालमै हुन्छ। दशको विकास गर्नुपर्ने भावना पनि प्रत्येक व्यक्तिमा विद्यार्थी अवस्थामै पलाउँछ। त्यसैले देश विकासमा विद्यार्थीले खेल्ने भूमिका सबैभन्दा महत्वपूर्ण छ।


    विद्यार्थी जीवन ज्यादै संवेदनशील हुन्छ। यस बेलामा विद्यार्थीले पढाइ बाहेक अरूतिर ध्यान दिनुहुन्न। पढाइलाई वास्ता नगरी अन्य क्रियाकलापमा लाग्ने विद्यार्थीको जीवन नै बर्वाद हुन्छ। लाई गिलो माटोका रूपमा लिइन्छ। यस्ता बेलामा उनीहरूले जस्तो शिक्षा पाउँछन्, उनीहरू पछि त्यस्तै बन्दछ। विद्यार्थीहरूले राम्रो शिक्षा पाए भने उनीहरू असल एवं चरित्रवान् बन्दछ अनि नराम्रो शिक्षा पाए भने उनीहरू खराब एवं चरित्रहीन बन्दछ। खराब एवं चरित्रहीन विद्यार्थीलाई भविष्यमा ण आफ्ना लागि केही गर्न सक्छन् न त् देशका लागि नै केही गर्न सक्दैन। विद्यार्थीहरुको बुद्धि पनि औलाकाचो नै हुने भएकोले उनीहरू अर्काको बहकाउमा लगेर समाज वा देशमा अशान्ति मचाउने कम गर्ने पनि पछि पर्दैनन्। विद्यार्थीलाई लत्याई राजनीतिक पार्टीको झन्डा बोकेर हिँडेको पनि भेटिन्छ। तर धेरैजसो विद्यार्थीहरुको लागि राजनीति अभिशाप नै रहेको हुन्छ। त्यसैले यस्ता काम कुराबाट विद्यार्थीहरूले सदैव टाढा रहनुपर्छ र यस्ता कुरामा आफू चनाखो हुनु पर्दछ। उनीहरूले देशको भविष्य उज्ज्वल बनाउने कम हामीहरूकै हो भन्ने कुरा बुझ्नु जरुरी हुन्छ। त्यसै गरी विद्यार्थीहरूलाई खराब काम कुराबाट टाढा राखी उनीहरूमा देश विकासको भावना भरि दिने जिम्मेवारी अभिभावक र शिक्षा लगायत सबैले पुरा गर्नुपर्छ।


    विद्यार्थीहरूले पर्यावरणको पनि निरीक्षण गर्नुपर्छ। यस अर्थमा उनीहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ। उनीहरू राजनीतिमा पनि सहभागी हुनुपर्छ। प्लेटोका अनुसार,“२५ वर्षसम्म प्रारम्भिक तहको र ३५ वर्षसम्म उच्च तहको शिक्षा प्रदान गर्नुपर्छ। यो उमेर मानसिक समस्यालाई मानसिक चिकित्साद्वारा नै हल गर्ने समय हो।” यदि विद्यार्थीहरू हरेक क्षेत्रमा सहभागी हुँदैनन् भने उनीहरू त्यस नदीको जस्तो हुन्छन्, जसमा कुनै बहाव हुँदैन। यस्तो नदी भ्यागुतो, पानीमा उम्रने तर काम नलाग्ने बिरुवा र किटाणुहरूको घर बन्न पुग्छ। नेपाली राजनीति पनि यस्तै घरको रूपमा परिणत हुँदै गएकोले दिन प्रतिदिन लक्ष्यविहीन हुँदै गइरहेको छ। विद्यार्थीहरूले पनि यस समस्याप्रति गम्भीर बन्दै राष्ट्रको सुरक्षाका लागि आफ्नो पाइला अघि सार्नुपर्छ।


        यस सन्दर्भमा मलाई प्राचीन युनानी मोडेलको सम्झना हुन्छ। जस अनुसार देशका हरेक युवा सेनामा भर्ती हुनुपर्दथ्यो र ३५ वर्षसम्म सैनिकको रूपमा देशसेवा गरेपछि मात्र राजनीतिमा प्रवेश गर्न पाउँदथे र जब ऊ राजनीतिबाट निवृत्त हुन्थ्यो तब पादरीको रूपमा देशसेवामा संलग्न हुन्थे। यो नै युनानको प्रत्यक्ष लोकतन्त्र थियो। यसकारण नेपाली विद्यार्थीहरू नेपालका लागि सम्भावनाको प्रतीक भएको हुनाले हरेक क्षेत्रलाई प्रभावित गर्ने क्षमताबोध उसमा हुनु नितान्त आवश्यक छ।


        एउटा विद्यार्थीले हरेक क्षेत्रमा अनुशासित भई काम गर्नुपर्छ । उनीहरू राष्ट्रका लागि बाधक होइन सहायक हुनुपर्छ किनभने विद्यार्थीहरू त्यो शक्ति हुन् जो सिक्छन्, चुनौतीलाई स्वीकार गर्छन् र सफलता प्राप्त गर्छन्। एउटा विद्यार्थी स्वप्नदर्शी मात्र नभई क्रियाशील व्यक्तित्वका स्वामी पनि हुनुपर्छ। एउटा युवा विद्यार्थीले राष्ट्ररक्षाका लागि सिपाहीको भूमिका पनि निर्वाह गर्नुपर्छ। यो चुनौतीपूर्ण कार्य सकारात्मक सोच भएका विद्यार्थीहरूले मात्र गर्न सक्छन्। यसकारण के भन्न खोजिएको हो भने सकारात्मक सोच र सही दृष्टिकोण भएका विद्यार्थीहरूबाट मात्र देश निर्माणको कार्य सम्भव छ।

            वर्तमानमा हाम्रो राष्ट्र केही स्वार्थी मानिसहरूले गर्दा भ्रष्टाचारको दलदलमा पँmस्दै गइरहेको छ। भ्रष्टाचारबेगर न्याय पाउन पनि गार्‍हो भइसकेको छ। भ्रष्टाचारको अन्त्य हुनु नितान्त आवश्यक भइसकेको छ। विकासको हरेक पाइलामा इमानदार मानिसहरू अगाडि आउनु र उनीहरूलाई प्रतिष्ठा प्रदान गर्नु वर्तमानको खाँचो रहेको छ। एउटा विद्यार्थी निस्स्वार्थी हुनुपर्छ र निस्स्वार्थको पाठ प्रत्येक विद्यार्थीलाई पढाउन अघि सर्नुपर्छ। यसबाट एउटा यस्तो समूहको निर्माण हुन्छ, जसले राम्रो समाज र सक्षम राष्ट्रनिर्माणमा कुशल नेतृत्व प्रदान गर्न सक्छन्। यस अर्थमा विद्यार्थीहरूले नयाँ र पुरानो पीढीबीच सेतुको काम पनि गर्नुपर्छ। उनीहरूले पुरानो पीढीसँग सुझाव लिएर नयाँ पीढीलाई दिशानिर्देश गर्नुपर्छ। यसबाट ज्ञानवृद्धिका साथसाथै राष्ट्रनिर्माणमा समेत मदत पुग्छ।


        नेताहरू जन्मजात नेता हुँदैनन्, उनीहरूलाई बनाउनुपर्छ। यसका लागि विद्यार्थी जीवन उपयुक्त समय हो। विद्यार्थी जीवनमा घृणाको दृष्टिले यहुदी शिक्षकहरूलाई हेरेको हुनाले नै हिटलरलाई कुख्यात बनायो। जो विद्यार्थी आफ्नो विद्यार्थी जीवनमा कठिन परिश्रमी थिए, उनीहरू नै पछि गएर महान् व्यक्ति बने। यसप्रकार विद्यार्थी समाज र राष्ट्र विकासको एउटा महत्त्वपूर्ण अङग हो। यसकारण माथि उल्लिखित सम्पूर्ण सिद्धान्तहरूको परिपालना आफ्नो विद्यार्थी जीवनमा गर्नु नै बेश हुनेछ किनभने समाज वा राष्ट्रमा राम्रो कुराको सङ्ख्या बढ्यो भने राष्ट्र राम्रोपनतिर अग्रसर हुन्छ। राम्रो राष्ट्रका पक्षधर विद्यार्थीहरूले सानै प्रयास गरेर पनि राष्ट्रलाई राम्रोपनतिर बढाउन सक्छन्। त्यसतर्फ लाग्नु नै राष्ट्रनिर्माणमा विद्यार्थीको प्रमुख भूमिका हुनेछ।


    विद्यार्थी वर्गबाटै देशले आफ्नो भविष्य बन्ने आशा रहेको हुन्छ। हुन् पनि उनीहरूकै कार्यकुशलताबाट देशको भविष्य चम्किन्छ। त्यसैले उनीहरू देश विकासका आधारशिला हुन्। विद्यार्थी वर्गका भावना कुनै पनि देशको विकास हुन् असम्भव छैन र यस कुरातर्फ विद्यार्थीले सोच्नुपर्छ। विद्यार्थी कालदेखि नै देश बनाउने कार्यमा सकेसम्म प्रयास गर्ने र निजी स्वार्थ पुरा गर्ने सोचाई पटकै नलिई देशका लागि मरिमेटेर लाग्ने बनी बसाल्नु असल विद्यार्थीको खस लक्षण हो। देश विकासको कार्यलाई टेवा पुर्याउने ज्ञान र सिप सिक्ने काममा जुटिरहनु नै विद्यार्थीको कस कर्तव्य हो। विद्यार्थीहरूका पढाइबाटै देशको चौतर्फी विकास हुने भएकोले देश विकासमा विद्यार्थीको भूमिका उल्लेखनीय रहेको छ।


    स्वतन्त्रता 
    स्वतन्त्रता स्वतन्त्र भन्ने विशेष शब्दका पुछारमा “ता” भन्ने प्रत्यय लागि बनेको शब्द हो. यो एक भाववाचक नाम शब्द हो र यसले “आफ्नै अधीनमा रहेन” भन्ने अर्थ बुझाउँछ. स्वतन्त्रता हरेक प्राणीको जन्मसिद्ध अधिकार हो. हरेक प्राणी स्वतन्त्र भई आफूखुसी कम गर्न चाहन्छ. अझ मानिस त् झन् संसारका प्राणीहरू मध्येकै सर्वश्रेष्ठ एवं चेतनशील प्राणी हो; त्यसैले उ कसैका बन्धनमा नरही आफूखुसी खान, बस्न,बोल्न र घुमफिर गर्न रुचाउँछ. त्यसै उ कुनै किसिमको बाधा, बन्धन, रोकावट, दबाउ आदि मा नरही फुक्का हुन् चाहन्छ. मानिस कुनै पनि किसिमको बन्धन मन पराउँदैनन्. जसरी चराहरु फुक्का भई आकाश जताततै उड्छन् अनि जसरी जंगले जनावरहरू जंगलमा कुनै बाधमा हुँदैन; त्यसै गरी मानिस पनि फुक्का भएर मनमा पलाएका चाहना पुरा गरी रमाइलो सँग जीवन बिताउन चाहन्छ.
    स्वतन्त्रता पाएपछि मात्र मानिसले जीवनमा धेरै कम गरेर देखाउन सक्दछ. अरूका अधीनमा रहेर कम गर्दा उ कहिले पनि सफल  हुन् सक्दैन. मानिसले स्वतन्त्रता पाएमा जे पनि गर्न सक्छन्. मानिसले चाहेको  हरेक कुरा स्वतन्त्रता पछि पाउन सक्छन्.
    पहिला मानिस अरूको अधीमा भएकोले  चाहेको कुरा गर्न सक्दैनथे तर आजकल यो आधुनिक युगमा मानिस स्वन्त्रताका कारणले धेरै विकासहरू गरिरहेका छन्. मानिस खुल्ला पन्छी जस्ता छन्. मानिसलाई स्वतन्त्रता दियो भने समय यात्रा यन्त्र पनि बनाउन सक्छन्.

    स्वतन्त्रता पाएका मानिस आफ्नो जीवनलाई आफ्नै तरिकाले जिउन सक्छन्. तिनिहरूलाई मन लागेको सफलता तथा विषय पढेर मेहनते गरी भविष्यमा केही राम्रो कम गरी विश्व भरि नै चर्चित हुन सक्छन्. हाम्रो देशमा पनि मानिस स्वतन्त्र छन्. तर यो भ्रष्ट नेताहरूले राम्रो कामहरू गर्न दिँदैनन्.


     नेपालमा शिक्षाको आवस्था
    नेपाल भित्र शिक्षा भर्खरै बढ्दै गएको छ र विकास गर्न जारी छ। धेरै अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगको साथ, शिक्षा प्रणालीलाई सहयोग गरिरहेको छ। यो शैक्षिक प्रगति र विकास को लागी कमीको दर घटाउन साथै सामुदायिक सुधारलाई बढावा गर्न आवश्यक छ। क्षतिपूर्तिको कारण अघिल्लो प्रशासन व्यवस्थापन आफ्नो शिक्षा प्रणालीमा लगाईएको छ, नेपाल सरकारले पूर्वनिर्धारित प्रयास गर्न र शिक्षाको लागि राम्रो प्रस्ताव प्रदान गर्न प्रयास गर्दछ। देशमा आधुनिक शिक्षा सुरु गर्नु अघि, स्कुलमा प्रतिबन्धित भएको थियो र केवल कुलीन वर्गहरू विशेषाधिकार दिइएको छ, र बाँकी रहेका मानिसहरू मुख्यतया अपरिचित र अपमानित भए। त्यसपछि, जब नयाँ युग पेश गरियो, शिक्षा मात्र उच्च वर्गहरूको पुत्रको लागि पेश गरिएको थियो। बालिकाले अहिल्यै उचित शिक्षा पाए। हाल, नेपालमा शिक्षा संरचनाको स्थापना को बावजूद सरकारले सामुदायिक विद्यालयलाई प्रदान गरेको छ जसमा छात्रहरूले नियमित सरकारी अनुदान पाउँछन्। त्यहाँ स्थानीय मानिसहरू द्वारा व्यवस्थित एक स्कूल को उपस्थिति पनि छ जो उत्साहजनक स्कूलहरु मा आफ्नो भनाइ मा रहन को लागी। यद्यपि तिनीहरूले नियमित रूपमा सरकारबाट कुनै अनुदान पाउँदैनन्, मानिसहरू एकअर्कालाई सहयोग पुर्याउनका लागि सहयोग गरिरहेका छन् ताकि उनीहरूको विद्यालयहरू वास्तविक सामुदायिक स्कूलको रुपमा चिनिनेछ। नेपालको शिक्षा योजना संयुक्त राज्यको रूपरेखामा आधारित छ। नेपालले नेपालका शिक्षा पाठ्यक्रमको निर्माणमा एक गाइडको रूपमा सेवा गरे। ग्रेड 1-5 प्राथमिक शिक्षा मानिन्छ।

     शिक्षाको तिनीहरूको मुख्य उद्देश्य बच्चाहरू पढ्न, लेख्न र अंकगणित गर्नका लागि हो। माध्यमिक शिक्षा, 6-8, व्यक्तित्व विकासलाई जोड दिन्छ र विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि प्रशिक्षित गर्दछ। 9 -10 को लागि, माथिल्लो माध्यमिक, उच्च माध्यमिक स्तरको लागि स्टेपिङको रूपमा कार्य गर्दछ। कक्षा 11 र 12 दुवै उच्च माध्यमिक रूपमा मानिन्छ। शिक्षा, विज्ञान, मानविकी, र वाणिज्य उच्च माध्यमिकको लागि मुख्य पाठ्यक्रमहरू हुन्। शिक्षा मंत्रालय देश मा स्कूल रिक्ति शिक्षा को प्रबंधन र निर्देश को लागि चार्ज छ। उनले भर्खरै शिक्षा विभाग गठन गरे, जसले आफ्नो महत्त्वपूर्ण कार्यलाई शिक्षाको उचित पहुँच दिन, उत्कृष्टता सिर्जना गर्न, बाह्य प्रभावकारीता सुधार र विकास-सुखद उद्यम शिक्षा बनाउने। शिक्षाको लागि प्रतिबद्धता देशभर विस्तार गर्दछ। शिक्षाको सबै पक्षमा अझ बढि सुधार र ज्ञान र सुदृढ राष्ट्रको प्रोत्साहनको लागि के मानिसहरू आशा र आशा गर्दैछन्।


        अनुशासन
    ‘अनुशासन’ ;शासन’ शब्दका अगिल्तिर ‘अनु’ उपसर्ग लागि बनेको शब्द हो। ‘अनुशासन’ शब्दले ‘सामाजिक, नैतिक, धार्मिक, राजनैतिक आदि नियम-नियमावलीको मर्यादा र सो मर्यादाभित्र रहने कम भन्ने अर्थ बुझाउँछ. यसले ‘आदर्श आचरण र त्यसको पालना गर्ने कम ‘ भन्ने अर्थ पनि व्यक्त गर्दछ। वास्तवमा अनुशासन भनेको मानवजातिको सर्वोत्तम गुण ह। अनुशासित पनि बन्न पुग्दछ. यस्ता व्यक्तिलाई सबैले मन पराउँछन्।
    अनुशासन भनेको नियमपालन हो। प्रकृतिले पनि नियमको  पालन गरेको पाइन्छ। पृथ्वीले एक निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ र यसै आधारमा दिन  र रातको प्रक्रिया चालू भाइरहन्छ। विशाल समुद्र पनि आफ्नो निश्चित सीमामा अडेको हुन्छ। गर्मी र जाडो मौसम पनि नियमनुसार नै आउँछन्। त्यसै गरी हावा, बादल, पहाड, आगो, रुख आदि सबै आ-आफ्ना नियामअनुसार चलेका हुन्छन्।प्रकृतिको यस प्रकारको अनुशासनकै आडमा मानवजीवन पनि अडेको छ। यदि प्रकृति अनुशासनमा रहने भने मानवजीवनको अस्तित्व नै सन्कटमा पर्दछ. प्रकृतिमा पाइने यस्तो अनुशासन मानिसका लागि प्रेरणादायी बनेको छ।
    अनुशासन मानिसका लागि अति आवश्यक छ। अनुशासनको पलना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ। यस्तो व्यक्ति सबैका नजरमा आसल ठहरिन्छ. अनुशासनको क्षेत्र ज्यादै फराकिलो पनि छ।घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन चाहिन्छ एउटा घरपरिवारम बाबु, आमा, छोरा, छोरी, दाजु, भाई  आदि सबैले एक-अर्कालाई आदर र माया गर्नुपर्छ। समाजमा बसेपछि एक-अर्काको कदर गर्ने, सामाजिक नीतिनियमको पालना गर्ने, दुख परेको बेलामा एकले अर्कालाई सक्दो सहयोग गर्ने अनि कसैप्रति भेदभाव नगर्ने जस्ता आदर्श आचरण अनुशासनकै घेराभित्र पर्दछन्. आफूले मान्ने गरेको धर्मक नीतिनियमको पालना गर्नू हरेक व्यक्तिको मुख्य कर्तब्य हुदैँ हो. त्यसै गरी संस्कृतिक मूल्य र मान्यताका अनुसरण पनि सबैले गर्नुपर्दछ. राजनीतिक क्षेत्रम त् झन् अनुशासन हुनु अपरिहार्य छ. राजनीति गर्नेहरु अनुशासनहीन भए पनि त्यसको असर सिङ्गो राष्ट्रलाई पर्दछ, संपुर्ण जनतालाई पर्दछ. वित्तीय क्षेत्रम अनुशासन भएन भने कुनै राष्ट्र, समाज तथा व्यक्तिको उन्नति नहुने भएकाले यस क्षेत्रमा पनि अनुशासनको महत्त्व टडकारो रुपमा खट्किन्छ. त्यसै गरी सरकारी तथा गैरसरकारी कार्यालय, प्रहरीसेवा र सेनामा त् अनुशासन नभई हुँदैन. तसैले यी क्षेत्रमा अनुशासनको  कडाइक साथ पालना गरिन्छ. यी विभिन्न क्षेत्रमा अनुशासनको पालना नहुने हो भने स्थिति डरलाग्दो गम्भीर हुन् गई मानवजीवन नै अस्तव्यस्त बन्न पुग्दछ.
    बिद्यार्थी जीवनमा अनुशासनको ज्यादै महत्त्व रहन्छ. अनुशासनईन बिद्यार्थीको पढाइ राम्रो हुन् सक्दैन भने अनुशासित बिद्यार्थीले पढाइमा अल्लेख्नीय सफलता हासिल गर्न सक्दछ. बिद्यालयका नियमको अक्षरश: पालना गर्ने, शिक्षकको सान गर्ने र तिनले पढाएको-सिकाएको कुरा ध्यम दिएर अध्ययन गर्ने विद्यार्थी पछि गएर असल नागरिक बन्दछ र उसको भविष्य पनि उज्जवल बन्दछ। बिहानले दिनको संकेत गर्छ भनेझैँ विद्यार्थी जीवनले मानिसको भविष्य राम्रो वा नराम्रो के हुने भन्ने कुराको संकेत गर्दछ। त्यसैलेहरेक विद्यार्थी  आफ्नो भविष्य राम्रो होस् भन्नाक लागि अनुशासित भएर पढ्नुपर्छ। अनुशासनहीण विद्यार्थी उद्दण्डत, अराजकता, र विक्र्तिको बाटो तिर लाग्दछ.यस्ता विद्यार्थी भविष्यमा निकै पछुताउनुपर्दछ।
    अनुशासनको पालना आफूभित्रैबाट हुनुपर्दछ. सबैले सचेत भई सामाजिक नीति-नियमका घेराभित्र रहेर कम गर्नु उचित हुच्न्हा।  आफू अनुशासनमा रहने मानिसले नै अरुलाई पनि अनुशासनको पाठ पढाउन सक्छ। जुन व्यक्ति  अनुसासित छैन त्यसले अरु कसैले पनि अनुशासित बनाउन सक्तैन। त्यसै गरी कसैले दण्ड, डर र धाम्कीबाट अरुलाई अनुशासन सृजना गरी कायम गरिने अनुशासन क्षणिक हुन्छ,  त्यस्तो अनुशासन सधैँ टिकीरहँदैन। सबैले पहिले आफै अनुशासनमा बस्नु जरुरि छ. यस अर्थमा आत्माअनुशासन नै  अनुशासनको पहिलो शर्त हो।

    अनुशासनमा नरहने मानिस लगामविनाको घोडाजस्तै हुन्छ. उसले जीवनमा केही गर्न सक्तैन।उसको जीवन जोखिमपूर्ण पनि हुन्छ। तर अनुशासनको बाटोमा हिँड्ने मानिसले जीवनमा सफलताको शिखर छुन सक्तछ।अनुशासनले व्यक्तिलाई मात्र नभई परिवार, समाज, राष्ट्र र विश्वलाई समेत शिष्ट, सभ्य र सुसंस्कृत बनाउँछ। अनुशासनको पालनाबाट सबैको भलाइ हुने कुरामा दुई मत छैन।


                                                       हामी हो नेपाली
    सहज रुपमा भन्नुपर्दा नेपाली भनेको नेपालमा बस्ने नागरिक हो । हामी नेपाली नेपाललाई अंग्रेजबाट मुक्त गराएर स्वच्छ बनाउने बिर योद्धा हो । नेपाल अनेक जात, अनेक धर्म र अनेक भाषाभेष मिसिएर बनेको छ। हामी नेपालीमा घमण्ड र स्वार्थ भन्ने भावना उठेको छैन। हामी निस्वार्थी र धर्मको बाटोमा लाग्ने मानिस हौ। हामी रिस,राग,कपट र छल कहिले गर्दैनौ। हाम्रो देश स्वर्ग झैँ सुन्दर र चद्रमा झैँ चम्किलो छ। हामी नेपाली एकतामा बसेर हरेक कम गर्छौ र सफलता प्राप्त गर्छौ।
                                                हाम्रो देशमा एक पछि एक महान पुरुषहरु जन्मेका हुन्। जस्तै-प्रिथिवी नारायण शाह,बलभद्र कुँवर आदि। उहाँहरुले ठुला ठुला काम गरी जानुभएको छ। उहाँहरुले देशका लागि केही न केही योगदान दिएर गएका हन्। हामी नेपाली तिनीहरुका छोराछोरी हौ र त्यसै कारणले हामीले पनि देशको लागि केही गर्नुपर्छ। हाम्रो देशमा बिर गोर्खालीहरु जन्मेका हुन्, उनिहेरुले शत्रुहरुलाई पराजित गरेर हाम्रो देशलाई जोगाएका हुन्। उनीहरु नेपालमै जन्मेका थिए। उनीहरुको जस्तै हामीले पनि आफ्नो प्राणको चिन्ता नगरी देशलाई हरेक परिस्थितिबाट बचाउनुपर्छ। हामी नेपालीले नेपाललाई विकास तर्फ लानु पर्छ। हामी नेपालीले कर्म मात्र गर्नुपर्छ, फलको उपेक्षा गर्नु हुँदैन। हामी नेपालले विर गोर्खाली रगतले हार मान्दैनौ र गौतम बुद्धको शिक्षालाई चारै तर्फ बाटछौ। हामी नेपालीले आफ्नो ज्ञानले सबैलाई पवित्र बनाउनुपर्छ। हामी नेपालीले दुखसुख बाटी हरेकलाई सहयोग गर्छौ र गरिबलाई खान,कपडा,घर आदि गरिदिन्छौ।हामी नेपाली दयालु छौ र परिश्रम गरी हरेक कम गर्छौ।
     हामी नेपालीले एकतामा बसी देशमा परेको हरेक समस्यालाई समाधान गर्छौ। नेपाल आमालै पिर परेको बेला हामी अगाडि बढ्छौ र देशलाई संकटबाट मुक्त गर्छौ। हामीले आफ्नो देशलाई दियोको जस्तो सधैभरिको उज्यालो रक्छौ। त्यसैले हामीले आफ्नो कर्तव्यलाई सधै पुरा गर्नुपर्छ र देशलाई स्वर्ग झैँ सुन्दर बनाउन सक्नुपर्छ । हामी नेपाली अरुको भर पर्दैनौ। हामीले आफुले नै कर्म गरी आफ्नो घरपरिवारलाई पाल्छौ र देशलाई सुन्दर र स्वच्छ राखना प्रयास गर्छौ।
    पुस्तकालयको महत्व
    पुस्तक र आलय मिलेर पुस्तकालय शब्दको निर्माण भएको छ। यो संसारमा धेरै पुस्तकालयहरु छन्। सामान्य रुपमा पुस्तकालय भनेको पुस्तकको भण्डार हो भन्न सकिन्छ। हामीले पुस्तकालयमा विभिन्न किताबहरु पाउना सक्छौ। जस्तै-गणित,सामाजिक,विज्ञान आदि। हामी पुस्तकालयको विभिन्न लेखहरु पढ्न सक्छौ र राम्रा कुराहरुको ज्ञान पाउना  सक्छौ। आजको युगमा यस्को धेरै नै महत्व दिइने गर्छन। कतिपय मानिसले घरमै पुस्तकालय बनाएका हुन्छन। आज मानिसहरु समयलाई उप्युक्त तरिकाले उपयोग गर्नका लागि यसमा भएको किताबहरु पढ्ने गर्छन। पुस्तकालयमा विभिन्न छेत्रका किताबहरु हुन्छन। यस प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नकालागि एक सजिलो मार्फत हो। पुस्तकालय एक मन्दिरका रुपमा लिइन सकिन्छ किनभने एसले हामीलाई सचाई र सत्य बाटोमा लाउन सक्छ,यदि तिमीले यसमा भएको ज्ञानलाई सही उपयोग गर्यो भने।
    पुस्तकालयको यस आधुनिक युगमा धेरै नै महत्व रहेको छ। पुस्तकालय ज्ञानको सागर हो। हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न सक्यो भने लक्ष् र आकांङक्षा प्राप्त गर्न  सक्छौ। यसमा रहेको अपूर्ण ज्ञानलाई सही ढंगले प्रयोग गर्नेले भविष्यमा आफ्नो नाम कमाउन सक्छन। हामीले ज्ञानले विश्वलाई परिवर्तन गर्न सक्छौ। यसले हाम्रो मानसिक विकासमा साथ दिन्छन। पुस्तकालयको महत्व मानिसका लागि समय झैँ महत्वपुर्ण हुन्छन। पुस्तकालयको महत्व पढाईको हरेक छेत्रमा हुन्छ। जस्तै- यदि हामीलाई वैज्ञानिक  बन्न चाहन्छु भने हामीले थरिथरिका बिज्ञान किताब पढी लक्ष्लाई काबुमा ल्याउने सक्छौ। यसको महत्व बुझने मानिस नै अहिले अगाडि बढेका उदहारण सहित पाइन्छ।
    पुस्तकालयको देश निर्माण र विकासमा एक स्थान ओगटेको छ। नेपली सर्वप्रथम पुस्तकालयको निर्माणमा अगाडि बढाउने मान्छे जोन उड हुन्। उहाले नेपालमा पुस्तकालयको सुरुवात गर्नुभयो। पहिला भन्दा अहिले पुस्तकालय नेपालमा धेरै पाइन्छ। धेरै ठाउमा सरकारले बनेको ।हुन्छन् र कतिपय समाजसेवीले बनेका हुन्छन। यदि सबै नागरिकले पुस्तकालयको प्रयोग गर्यो र यसको महत्व बुझ्न सक्यो भने हाम्रो देश अगाडि बढ्न सक्छ। यदि समाजमा कुनै समस्या पर्यो भने हामी पुस्तकालयमा समस्याको निवारण गर्न सक्छौ। अझै गाउहरुमा पुस्तकालयको धेरै नै कमी छ र अविकसित ठाउँ भनेको गाउँ नै हो। त्यसैले हामीले गाउँलै सहरमा परिवर्तन गर्नु छन् भने सरकारी पुस्तकालय बनाउन सरकार संग माग गर्नुपर्छ। यस्तो हुन सक्यो भने गाउँका मानिसले बिस्तारै त्यहाँ भएका पुस्तकहरु पढ्न थाल्छन र केहि ज्ञान प्राप्त गर्छन। त्याही ज्ञानका कारणले तिनीहरुको मनमा मानसिकता जगला र केही गर्न परिश्रमका साथ अगाडि बढ्छन्। यदि हामीले देशलाई सुधार्नु छ भने सर्वप्रथम आफु सुध्ररिनु पर्छ।यसको कारणले हाम्रो देश नदीको गतिमा विकासमा लाग्ला।
    पुस्तकालयको ज्ञानले आज धेरै मानिसहरु प्रसिद्ध बनेका छन्। जस्तै- यस प्रिथिविका महान वैज्ञानिक  अल्बेर्ट आइनसटाइन। उहाँ बाल्यकालमा पढाईमा कमजोर थिए तर उहाँलाई गणित र विज्ञानमा रुची थियो। उहाँ
     बिद्यालयमा पढाएको नबुझेको कारणले, नजिकको पुस्तकालयमा प्राय गणित र  बिज्ञान पदने गर्थे। एकाध बर्षमा उहाँ
     गणित र विज्ञानमा धेरै नै जान्ने भए। उहाँ एक दिनमा विश्वको महान वैज्ञानिक  बन्न सके। त्यो दिन उहाँ दिशाको
    आविष्कार गरे र त्यसैले हामीले  आज दिशा हेर्न सफल भएका छौ। उहाले यो आविष्कार गरेर आफ्नो नाम अहिले कमाइरहेका छन्।
    पुस्तकालयको महत्व बिद्यार्थी धेरै नै छ। आज हरेक स्कुलमा पुस्तकालय ।हुन्छन् र यसलाई बिद्यार्थीले उपयोग गर्नु पर्छ।
    यदि तिनीहरुले नै यसलाई प्रयोग गरेन् भने हाम्रो र देशको विकास हुन सक्दैन। पुस्तकालय हाम्रो जीवनलाई उज्यालो तर्फ लाने साँचो हो। पुस्तकालय आज सबै मानिसले पढ्ने गर्छन। सामाजिक समस्या यसका ज्ञानले हटाउन सकिन्छ। यसले जीवनको विकासमा ठुलो भूमिक खेलेका हन्छन् ।त्यसै गरी पुस्तकालयका किताब पढनेले बिभिन्न छेत्रका ज्ञान प्राप्त गर्न सक्छ तर यसका महत्व नजान्नेले सफलता र कुनै छेत्रमा अगाडि बढ्न सक्दैन। पुस्तकालयले हाम्रो जीवनलाई अर्थ दिने गर्छन।यो हाम्रो राष्ट्रको बिकासको अनुपम धरोहर हो. यसले देशको विकास गर्न सकिन्छ।

    जीवनको लक्ष्य
    सबै मानिसले कुनै न कुनै लक्ष्य लियेरै जन्मेका हुन्छन। हरेक मानिसको लक्ष्य हुन्छ । हामीमा भएको अन्तरिक क्षम्तालाई बुझेर हामीले आफ्नो लक्ष्य पुरा गर्न सक्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरु आउँछन तर हामीले कहिले हार मान्नु हुदैन् । त्यस्ता मानिसलेनै जिवनमा केही गर्न सक्छन् र आफ्नो जीवनलाई अमर बनाई मर्न सक्छन् । उदहारणको रुपमा लक्ष्मी प्रासाद देवकोटा, पृथ्वि नारायण शाह आदिलाई लिन सक्छौ । तिनीहरुले आफ्नो लक्ष्य प्राप्त गर्न धेरै कठिनाईको सामना गर्नुपरेको थियो। त्यसैगरी हामीले पनि हरेस नखाई अफ्नो लक्ष्य पुरा गर्न आज देखिने लग्नु पर्छ । यदि हामीले बच्चै देखी मेहनत गर्यो भने पछि गएर लक्ष्य पुरा गर्न सजिलो हुन्छ ।
    यो संसारमा हेरक मनिसको केही न केही सिप र कला लिएर जन्मेका हुन्छन । हामीले त्यस क्षम्तालाई बुझेर आफ्न्नो मेहनेतले त्यसलाई प्रस्फुटन गर्न सक्नु पर्छ ।  त्यस पछि हाम्रो जीवनमा आरामै आरामै हुन्छ । दुख पछिको सुख मिठो हुन्छ भने झैँ हामीले दुख गरे पछी मात्र सुख प्राप्त गर्न सक्छौ ।
  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech