ब्रेकिङ
अक्सफोर्ड कलेज बुटवलमा खेलसप्ताह सुरु ,पहिलो दिन ब्याडमिन्टन प्रतियाेगितामा प्रतिस्पर्धा
  • हजुरकाे पाेष्ट

  • बुटवल २४,रूपन्देही अक्सफोर्ड कलेज बुुटवलमा आजदेखि खेल सप्ताह सुरू भएको छ। एक हप्ताह सम्म चल्ने खेल सप्ताहमा खेलका विभिन्न विधाहरूमा विद्यार्थीहरूविच प्रतिश्पर्धा हुनेभएकाे छ ।एक कार्यक्रमका बीच खेल सप्ताहकाे उद्घाटन गर्दै क्याम्पस प्रमुख मनाेज मरासिनीले विद्यार्थीहरूलाई कक्षाकाेठाकाे वातावरणमा सिकेका कुराले मात्र सिकाई प्रभावकारी नहुने हुदा किताबी पढाइ सङसङ्गै खेलकुदलाई सिकाइको माध्यम बनाइएको उल्लेख गर्नुभयो ।

    खेलकुद राष्ट्रकाे पहिचान र खेलाडीलाई चिनाउने माध्यम भएको हुदा विद्यार्थीकाे क्षमतालाई प्रर्दशन गर्ने माध्यमकाे रूपमा अक्सफोर्ड कलेज विगत देखिनै लागेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल उत्कृष्ट खेलाडी उत्पादन गरेको बताउनुभयो ।

    खेलकुद सप्ताहमा ब्याडमिन्टन ,टेबुल टेनिस ,भलिबल ,दाैड,सटपुट,निबन्ध लेखन,वक्तृत्वकला ,हाजिरी जवाफ तथा कुर्सी दाैड जस्ता विधाहरूमा प्रतिश्पर्धा हुने खेलकुद संयाेजक एन बि क्षेत्रीले जानकारी गराउनुभयाे ।आज खेल सप्ताहकाे पहिलो दिन ब्याडमिन्टन तथा टेवल टेनिस प्रतियाेगितामा विद्यार्थीहरूबीच प्रतिश्पर्धा भएको थियोे ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech