ब्रेकिङ
अक्सफोर्ड कलेज बुटवलमा जारी खेल सप्ताह सम्पन्न
  • हजुरकाे पाेष्ट

  • बुटवल २८,रूपन्देही देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड कलेज बुुटवलमा एक हप्तादेखि चलेको खेल सप्ताह आज एक समारोहकाबीच सम्पन्न भएको छ ।एक कार्यक्रमका बीच खेल सप्ताहकाे समापन गर्दै क्याम्पस प्रमुख मनाेज मरासिनीले विद्यार्थीहरूलाई कक्षाकाेठाकाे वातावरणमा सिकेका कुराले मात्र सिकाई प्रभावकारी नहुने हुदा किताबी पढाइ सङसङ्गै खेलकुदलाई सिकाइको माध्यम बनाइएको उल्लेख गर्नुभयो ।

    खेलकुद राष्ट्रकाे पहिचान र खेलाडीलाई चिनाउने माध्यम भएको हुदा विद्यार्थीकाे क्षमतालाई प्रर्दशन गर्ने माध्यमकाे रूपमा अक्सफोर्ड कलेज विगत देखिनै लागेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल उत्कृष्ट खेलाडी उत्पादन गरेको बताउनुभयो ।

    खेलकुद सप्ताहमा ब्याडमिन्टन ,टेबुल टेनिस ,भलिबल ,दाैड,सटपुट,निबन्ध लेखन,वक्तृत्वकला ,हाजिरी जवाफ तथा कुर्सी दाैड जस्ता विधाहरूमा प्रतिश्पर्धा भएको थियोे ।खेलका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई विद्यालयकाे अभिभावक भेलामा पुरस्कार वितरण गर्ने खेलकुद संयाेजक एन बि क्षेत्रीले जानकारी गराउनुभयाे । खेल सप्ताहमा दर्जनौं खेलहरू भएका थिए ।जसमा प्रध्यापक,कर्मचारी तथा विद्यार्थीहरूकाे उल्लेख्य सहभागीता रहेको थियोे ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech