ब्रेकिङ
मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदै
  • शाेभाखर पाण्डेय

  • ५ माघ, काठमाण्डौ / मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदैछ । २०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।

    आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

    यो दिनलाई स्मरण गर्दै मधेस प्रदेश सरकारले कार्यक्रम गर्दै आएको छ । प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech