ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

अर्घाखाँचीका सहयाेगी विसि, नामकाे मात्रै नभएर कामकाे पनि सहयाेगी
  • शाेभाखर पाण्डेय

  • माघ ५,अर्घाखाँची / अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा वस्दै आएका पत्रकार सहयाेगि वि सि उनी पत्रकार मात्रै नभएर गाउवाट आउने सर्वसाधारण जनताको सेवामा तल्लिन छन । उनी सधा जस्तै माघ ४ गते दिउँसो पनि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची सन्धिखर्क पुग्दा प्रशासन परिसरमा सर्वसाधारणको
    राष्ट्रिय परिचयपत्र, नागरिकता,पासपोर्ट तथा अन्य काममा सहयोगका निम्ति निकै व्यस्त देखिए । प्रशासनिक कार्यमा ज्ञान नभएका साेझा सधा जनता अल्मलिएका हरुकाे खाेजि र सामान्य डकुमेन्ट्री मिलाउनमा समस्या परेकाकाे उद्दारमा निकै चासाेका साथ काम गरिरहेका छन ।

    उनले फर्म भरिदिने लगायतका अन्य काममा सहयोग सङ्गसङ्गै सर्वसाधारण लाई निशुल्क रुपमा कलम,स्टिच,गुँद,पन्चीङ , औठा छाप स्ट्याम्प,हुलाक टिकट उसकाे अवस्था हेरिकन ( आर्थिक अवस्था) ,खाम,कैँची ,गहना निकाल्ने चिम्टी ,निवेदन लेख्ने सादा कागज लगायतका सामाग्रीहरु समेत प्रदान गरि निकै प्रसम्शनिय कार्य गरिरहेका छन ।

    बिगत ३ दशक अघि देखि अर्घाखाँचीका आमजनताको नजिकको सहयोगी बनी उनले गरेका उच्च सेवाभावका तमाम कार्यहरु निकै सम्मानयोग्य छन !

    बुझ्नेले के बुझ्छन ,कस्तो बुझ्छन त्यो उनिहरुकै बुझाइ हो। तर सहयोगि दाइको सहयोग ,सहकार्य र समन्वयमा अर्घाखाँचीमा धेरै ब्यक्तिले प्रत्यक्ष/अप्रत्यक्ष राहत प्राप्त गरेका छन !

    सो सङ्गै जिल्लाका स्थानिय तह,स्थानिय सरकारी कार्यालय,विभिन्न सङ्घ-सङ्गठन,समुहहरुका गतिविधिहरुमा पनि उनको निरन्तर सहकार्य रहदै आएको छ।

    अर्घाखाँचीका वरिष्ठ समाजसेवी सहयोगी बिसिले जिल्लाका हजारौ नागरिकहरु लाई उनिहरुका स-साना देखि ठुला समस्यामा विभिन्न सहयोग गरिरहेकाे देख्दा साच्चिकै सहयाेग र समाजसेवा भन्न सक्छाै । समाजसेवाका नाममा देखावटी देखाउन निकै सचिलाे छ । तर काममा खटेर जनताको काममा लाग्न धेरै दुख भए पनि उहाँ कहिल्यै हार मान्नुभएकाे छैन । कार्यलयमा कर्मचारीले अटेरि गरिदिने समयमा काम नहुने जस्ता झन्झटिलो अवस्थामा सजिलै पार लगाउदै काममा खटिरहेकाे हामी देखिरहेका छाै । याे निकै प्रसंसनिय काममा लाग्नुभएको छ ।याे खटाइले निरन्तर र सार्थक पाओस् ।
    बोल्न मात्रै हो सजिलो, फिल्डमै पुगेर काम गर्न अल्लि गाह्रै हुन्छ,सधै फिल्डमा सक्रीय अर्घाखाँचीका चर्चित पात्र सहयोगी बिसि

    ( तस्बिर : माघ ४ गते दिउँसो,जिल्ला प्रशासन कार्यालय परिसर,अर्घाखाँची ) तेजेन्द्रप्रसाद पाण्डे

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech