ब्रेकिङ
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच बालुवाटारमा भेटवार्ता
  • हजुरकाे पाेष्ट

  • ५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार तनहुँका ठूला विकास आयोजनाका बारेमा कुरा गर्न पौडेल बालुवाटार पुगेका हुन् । ‘तनहुँका ठूला विकास आयोजनाहरुका बारेमा कुरा गर्न जानुभएको हो । बिपी कोइराला हस्पिटल, तल्लो जलविद्युत् आयोजना, लगायत अरु विकास आयोजनाको प्रधानमन्त्री सँग छलफल गर्नु भएको छ,’ अधिकारीले भने ।

    पौडेल राष्ट्रपति पदको आकांक्षी छन् । राजनीतिको विषयमा भने कुराकानी नभएको अधिकारीले बताए ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech