ब्रेकिङ
शुक्रबारदेखि बुटवलमा एभरेष्ट कप भलिवल हुँदै

तीन दिन चल्ने प्रतियोगितामा सर्वोउत्कृष्ट, उत्कृष्टखेलाडिहरुलाई समेत पुरस्कृत गरिने विद्यालयका सहप्राचार्य  गौतमद्वारा जानकारी

  • हजुरकाे पाेष्ट

  • ६ माघ बुटवल। रुपन्देहीको बुटवलमा आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्राभलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ । प्रतियोगितामा छात्र १९ र छात्रा १० गरि २९ समुहको सहभागिता रहने छ ।शुक्रबारदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, शिल्डतथा प्रमाणपत्र हात पार्ने छन् ।

    यस्तै उपविजेताले नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पर्ने आयोजक विद्यालयले जनाएको छ । यस्तै तृतीय हुने टिमले १० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पार्ने सो बिद्यालयका सह प्राचार्य भिमसेन गौतमले  जानकारी दिए ।

    शुक्रबार, शनिबार र आइतबार गरि तीन दिन चल्ने प्रतियोगितामा सर्वोउत्कृष्ट, उत्कृष्टखेलाडिहरुलाई पनि पुरस्कृत गरिने समेत आयोजक विद्यालयका सहप्राचार्य  गौतमले जानकारी दिए । विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउनुका साथै स्वास्थ्यकालागि खेलकुद राष्ट्रका लागि खुलकुद भन्ने नारालाई सार्थक बनाउन प्रत्येक वर्ष जिल्लास्तरीय भविवल प्रतियोगिता आयोजना गर्दै आएको प्राचार्य कृष्ण न्यौपानेलेजानकारी दिए ।

    राष्ट्रिय खेलाडि उत्पादन गर्नका लागि समेत एभरेष्ट माविले महत्वपुर्णभुमिका खेल्दै आएको स्मरण गर्दै नियमित रुपमा विद्यालयमा इन डोर र आउट डोरका प्रतियोगिताहरु गराउदै आएको बताए । शुक्रबार बिहान ११ बजेदेखि हुने प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराईले गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech