ब्रेकिङ
देउवाले बोलाए पदाधिकारीहरूको बैठक
  • हजुरकाे पाेष्ट

  • ९ माघ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

    बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको छ ।

    समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

    नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर सभापतिले बैठक बोलाएको बताएका छन् । ‘९:३० बजे बैठकको लागि सभापतिले बोलाउनु भएको छ। छलफलको विषय केही भनिएको छैन। त्यही गएपछि थाहा होला, ‘ ;ह महामन्त्री बद्री पाण्डे भने ।

    आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।

    आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech