ब्रेकिङ
जुम्लामा हिमपात, किसान खुशी
  • हजुरकाे पाेष्ट

  • १० माघ जुम्ला । जुम्लामा हिमपात भएकाे छ । आज बिहानदेखि जुम्लाका विभिन्न ठाउँमा हिउँ पर्न थालेकाे हाे। यहाँ यस वर्षकाे हिउँद सिजनमा पहिलाे पटक हिमपात भएकाे हाे ।

    अहिले जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभरि हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परिसकेको स्थानीयले बताएका छन् । हिउँपरेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो ।

    हिउँदे सिजनमा विशेषगरी जुम्लामा जौ, गहु लगायतका बाली लगाइन्छ। ‘पानी नपर्दा, हिमपात नहुँदा  बाली सुक्न थालेको थियो । हामीहरु हिउँ पर्ने प्रतिक्षामा थियाैँ । अब सिँचाइमा सहज हुने आश छ ‘चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले भने ।

    जुम्लामा निकै चिसो हुँदै गएको छ ।  जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार माइनस १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।  हिउँ नपर्दा तापक्रम झन् कम थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेकाे थियाे ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech