ब्रेकिङ
अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।
  • हजुरकाे पाेष्ट

  • १०माघ,बुटवल । बुटवलमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार आधरभुत तहको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणी खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका खनालले रुपन्देहीको शैक्षिक विकासमा अक्सफोर्डले पुराएको योगदान अतुलनिय रहेको भन्दै थप शैक्षिक प्रगतिको कामना गरे । उनले अक्सफोर्ड विद्यालयले विद्यार्थीहरुलाई प्रयोगगात्मक शिक्षामा जोड दिदै आएको भन्दै अब विद्यार्थीहरुलाई नैतिक शिक्षा पनि जरुरी रहेको बताए । विद्यार्थीहरुको क्षमता शिक्षकहरुले जान्नुपर्ने र शैक्षिक क्रियाकलाप संगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने उनको भनाई थियो ।
    विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले संस्कार सहितको शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले विद्यार्थीहरुको संख्या बढाउने प्रतिस्पर्धा आफुहरुले कहिल्यै नगरेको भन्दै आफ्नो प्रतिस्पर्धा शैक्षिकको गुणात्मक विकासका लागि भइरहेको बताए ।

    उनले शिक्षकको मेहनत, अभिभावकको विश्वास र साथका कारण अक्सफोर्ड माध्यमिक विद्यालयले ईन्टरनेशनल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको उल्लेख गर्दै नैतिक र प्रयोगात्मक शिक्षा प्रदानका लागि बर्षेनी शिक्षकहरुलाई विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको बताए ।

    कार्यक्रममा शैक्षिक सत्र ०७८ मा उत्कृष्ट भएका प्रि नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा प्याव्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगाएतले बोलेका थिए ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech