ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।
  • हजुरकाे पाेष्ट

  • माघ ११ देवदह,बालमैत्री बिद्यालयको ब्यवहारिक कार्यन्वयनको लागि रूपन्देहीकाे देवदह नगरपालिकाले विभिन्न विद्यालयहरूमा अनुगमन तथा छलफल गर्दै समस्या भएका विद्यालयहरूमा सुधारको लागि निर्देशन दिदै आएको छ। साेहि अवसरमा देवदह वडा न ५ माबुद्ध पब्लिक आवाशिय मा बि र देवदह मदर्टङ्स एकेडेमी बिद्यालयको शैक्षिक बाताबरण , शौचालय,खानेपानी , क्यान्टिन लगायतको गुणस्तरको अनुगमन गर्दै , बालमैत्री बाताबरणको लागि सुझाव आदानप्रदान लगायतको महत्त्वपूर्ण विषयमा बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूसङ्ग छलफल चलाएको छ।

    अनुगमन कार्यक्रममा देवदह नगरपालिकाका बालमैत्री फोकल पर्सन तथा नगर शिक्षा अधिकृत प्रशुराम ढकाल देवदह ,नगरपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष गणेश डुम्रे र देवदह नगरपालिकाकी प्राबिधिक कर्मचारी मन्जु अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षिकाहरूले विद्यालयमा रहेका विभिन्न समस्या तथा समाधानका लागि कार्ययोजना सहितको कार्यपत्र पेश गरेका थिए।

    उक्त कार्यपत्रमा छलफल गर्दै नगर शिक्षा अधिकृत प्रसुराम ढकाल तथा नगर प्रवक्ता गणेश डुम्रेले बालमैत्री विद्यालय सन्चालनकाे लागि नगरपालिकाबाट पुर्ण सहयोग पुर्‍याउने बाचा सहित विद्यालयकाे गुणात्मक अवस्थालाई सुधारी देवदह नगरपालिकालाई शैक्षिक हबकाे रूपमा विकास गर्ने काममा सम्पूर्णले साथ र सहयोग गर्ने कुरामा जाेड दिदै विद्यालयलाई बालम‌ैत्री तथा प्रविधिमैत्री विद्यालयकाे रूपमा रूपान्तर गर्न आग्रह गरेका थिए । देवदह नगरपालिका वडा न ५ लाई आगामी भाद्र २९ गते सम्म बालमैत्री वडा घोषणा गर्ने गरि विभिन्न अभियान संचालन गर्नुका साथै विभिन्न पक्ष सङ संकल्प गर्ने लगायतका कार्यक्रम समेत संचालन गरेको नगरपालिका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभएकाे छ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech