सियारी १२ रूपन्देही पब्लिक माध्यमिक विद्यालय सियारी–४ रुपन्देहीको स्वर्ण महोत्सवको आज समापन भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चाैधरीकाे प्रमुख आतिथ्यता तथा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्रीप्रसाद श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयले स्थापनाको ५० वर्ष पार गरेको अवसरमा विद्यालयले स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको अवसरमा बिद्यालयले माघ ८ गतेदेखि १२ गते सम्म विभिन्न कार्यक्रम गरी मनाएकाे विद्यालयका प्राचार्य डिलाराख खनालले जानकारी दिनुभयाे । स्वर्ण महोत्सवको अवसरमा मुख्यमन्त्री गिरीले स्वर्ण स्तम्भ, प्राविधिक भवन समेत उदघाटन गर्नुभएकाे थियोे ।
समापन समारोहका अवसरमा विद्यालयमा सहयोग गर्ने सहयोग दाताहरूलाई दाेसल्ला तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियोे । साेहि अवसरमा एसियन फर्मा सुटिकल्सका अध्यक्ष हुतानन्द खनालबाट ५००००० र कुविजा एण्ड कुविजाकाे नामबाट खिमानन्द पाण्डे ,थानेश्वर पाण्डे ,शालिकराम शर्मा र राधा शर्माबाट संयुक्त रूपमा २,२५,००० रूपैयाँकाे अक्षयकोष स्थापना गर्नुभएको छ। पव्लिक मा. वि सियारीकाे स्वर्ण महाेत्सम स्मारिका कार्यक्रमका प्रमुख अतिथिबाट विमाेचन गरिएको छ।
लोकगायक बद्री पङ्गेनी , ज्याेती लाेहनीले गीतमार्फत उपस्थित अतिथि ,अभिभावक तथा शिक्षक विद्यार्थीहरूलाई छमछमी नचाई मनोरन्जन दिलाएका थिए भने विद्यार्थीहरुले विभिन्न जातजातिका पहिचानका पाेसाकहरू लगाई झाकीहरू प्रस्तुत गरेका गरेका थिए । कार्यक्रमकाे सञ्चालन शिक्षकद्धय इन्द् प्रसाद तिवारी र खडानन्द शर्माले गर्नुभएको थियो ।