बुटवल १२ लुम्बिनी वल्र्ड स्कूल रूपन्देहीमा सरस्वती पुजाकाे अवसर पारी सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजना गरिएको कार्यक्रममा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरु तथा अभिभावकहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले शिक्षासम्बन्धी विविध प्रतियोगितामा आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालले विद्यालयमा यस्ता सिर्जनात्मक कार्यक्रमले प्रशय पाइरहेको हुदा अभिभावकले पनि सिर्जनात्मक सल्लाह सुझाव दिनुपर्नेमा जाेड दिदै अहोरात्र खटेर अध्ययन, अनुसन्धान र उमेर समूह अनुसारको बालबालिकाहरुलाई मिल्ने योजनाहरु निर्माण गरिरहनुभएका सम्पूर्ण शिक्षक–शिक्षिका र विद्यालय परिवारलाई धन्यवाद दिनुभएकाे थियोे ।
कार्यक्रममा सरसफाइ अभियन्ता केपि खनालले मानिसले वातावरणमा गरेको फाेहाेरबाट आफैलाई अस्वस्थ बनाएको बताउदै घर ,विद्यालय तथा वातावरणलाई सफा राख्न आफैबाट सुरूवात गर्न अभिभावक तथा विद्यार्थीलाई आग्रह गर्नुभयो ।
त्यस्तै विद्यालयका शैक्षिक निर्देशक डा. मिन प्रसाद खनाल, सह–प्राचार्य लजिता शर्मा रमेशमणि सुवेदीले विद्यालयको यस्ता किसिमका कार्यक्रमहरुबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताउनुभएकाे थियोे ।