ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

पृथ्वीको नजिकैबाट गयो एउटा छुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलिविद्को भनाइ
  • हजुरकाे पाेष्ट

  • एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको अमेरकाका खगोलविद्हरुले बताएका छन् ।

    एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको खगोलिविद्हरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अन्तरिक्षमा यो दुरी निकै कम हो । खगोलविद्हरुले त्यस क्षुद्रग्रहको नाम २०२३ बीयू राखेका छन् ।

    छुद्रग्रह पृथ्वीको क्षेत्रबाट पार भएसँगै एउटा ठूलो दुर्घटना टरेर गएको छ । यो घटनाले अन्तरिक्षमा पृथ्वीको नजिकै ठूला आकारका क्षुद्रग्रहहरू छन् र उनीहरुको पहिचान गर्न बाँकी छ भन्ने देखाएको छ । यो क्षुद्रग्रहलाई अघिल्लो हप्तामात्र खगोलविद् गेन्नाडी बोरिसोभले फेला पार्नुभएको हो ।

    उहाँले प्राप्त गरेको सूचनालाई थप खोज अनुसन्धान गरेपछि २०२३ बीयू नाम दिइएको त्यस क्षुद्रग्रहको आकार र त्यसले अघि बढ्न लिइरहेको बाटोका बारेमा थाहा हुन सकेको थियो । त्याे क्षुद्रग्रह मानिसले अन्तरिक्षमा पठाएका दूरसञ्चार भूउपग्रहहरू रहेका क्षेत्रभित्रै प्रवेश गरेको थियो । क्षुद्रग्रह भूउपग्रहहरूसँग ठोक्किने सम्भावना भने निकै नै कम हुने विज्ञहरु बताउँछन् ।

  • १४ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech