ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

अर्घाखाँचीको शितगंगा नगरपालिका द्वारा घरमै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण

१४ वटै वडामा जनप्रतिनिधि, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले २ सय १० जना गर्भवतीको स्वास्थ्य जाँच सम्पन्न

  • हजुरकाे पाेष्ट

  • अर्घाखाँच । अर्घाखाँचीको शितगंगा नगरपालिकाले घरमै पुगेर गर्भवती महिलाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । नगरका १४ वटै वडामा जनप्रतिनिधि, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले २ सय १० जना गर्भवतीको स्वास्थ्य जाँच गरेको छ ।

    प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, नर्स सृजना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डे लगायतको टोलीले गर्भवती महिलाहरुको स्वास्थ्य जाँच गरेका छन् । उनीहरुले भिडियो एक्सरे मेसिन, औषधि बोकेर गाउँ पुग्ने गरेका छन् ।

    नगरको १४ वडामा २ सय १० जना गर्भवतीको स्वास्थ्य जाँच गाउँमै पुगेर गरिएको नर्स सृजना घिमिरेले बताइन् । घिमिरेले भनिन्, ‘हामीले गर्भवतीको स्वास्थ्य जाँचसंगै अवस्थाको बारेमा पनि भन्छौं, तीन÷तीन महिनामा भिडियो एक्सरे, प्लोअप गर्नेबारे सल्लाह दिएका छौं ।’

    उनीहरुलाई चाउचाउलगायतका जंगफुड नखाई पोषणतत्व माछामासु, अण्डा, दूध, दही, फलफुल, भटमास लगायतका खानेकुरा खान सल्लाह स्वस्यकर्मीले दिने गरेको शितगंगा नगरप्रमुख छविलाल पौडेलले बताए ।

    गरिबीका कारण पनि नियमित स्वास्थ्य जाँच गराउन नपाएर गर्भवतीको अकालमै ज्यान जाने खतरा नहोस् भनेर गर्भवती खोज्दै गाउँ पुगेको नगर उपप्रमुख गिता भाट्ले बताइन् ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech