ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

असल शिक्षक बन्न कहाँ सजिलो छ र ?
  • हजुरकाे पाेष्ट

  •  

    शिक्षक हुनु भनेको विद्यार्थीको मन मस्तिष्कलाई प्रजज्वलित पार्नु हो । अनुशासन, नैतिकता, सत्यमार्ग सिकाउने शिक्षकहरू सधैँ सहनशील, धैर्य, समानतावादी, सरल, शिष्ट एवं नम्र हुनुपर्छ । किनकी शिक्षकको व्यवहार हेरेर विद्यार्थीले शिक्षकको अनुशरण गर्छन् । विद्यार्थीलाई शिक्षाप्रतिको भोक पनि शिक्षकले नै जगाउनु पर्छ । त्यसपछि जिज्ञासाको भोक मेटाउने काम पनि शिक्षककै हो । शिक्षण विधि केवल तथ्य स्मरण गराउने खालको मात्रै नभई व्यवहारिक एवं प्रयोगात्मक हुनु पर्छ ।
    सामान्यतया आफूले जानेको बुझेको कुरा अरुलाई सिकाउने व्यक्ति शिक्षक हो । तर आफ्नो ज्ञान, सीप, कलादेखि आफ्नो आदर्श एवं मूल्य मान्यता पनि प्रष्टसँग व्यावहारिक रूपमा सिकाउन सक्ने व्यक्ति मात्रै असल शिक्षक बन्न सक्छ । केवल पाठ्यपुस्तकमा भएको वाक्य एवं हरफहरू पढेर सुनाउने काम मात्रै शिक्षण कार्य होइन । विषयवस्तुसँग सम्बन्धित विभिन्न उदाहरणसहित विषयवस्तुको गहिरो अध्ययन गरेर विद्यार्थीको रुचि, स्तर एवं क्षमता अनुसारको व्यावहारिक ज्ञान दिनु पनि शिक्षकको कर्तव्य हो ।

    पढाउँदा मात्रै नभइ शिक्षकले आफ्नो बोली, व्यवहार, आचरण एवं पहिरनमा सधैँ नै विशेष ख्याल राख्नुपर्छ । शिक्षकको बोली सरल, प्रष्ट, नम्र एवं नेतृत्वदायी हुनु पर्छ । विद्यार्थीलाई समान बोली र व्यवहार प्रदर्शन गनुपर्छ । शिक्षकको काम पढाउने, कक्षाकार्य गराउने, गृहकार्य गराउने अनि उत्तरपुस्तिका परीक्षणमा मात्रै सीमित नगरी विद्यार्थी एवं अभिभावकलाई पनि अनुशासन, नैतिकता, चरित्र, आचरण र सत्यमार्ग सिकाउन सक्नुपर्छ । शिक्षक आफै बलेर प्रकाश छर्ने व्यक्ति हो । भनाईको तात्पर्य शिक्षकले अरुको आचरण परिवर्तन गर्नु अघि आफैँ उदाहरण बन्नुपर्छ । भनिन्छ संसारलाई बदल्नु छ भने शुरु आफैँबाट गनुपर्छ । त्यसैगरी शिक्षकको जवाफदेहिता अभिभावक र समुदायप्रति रहनै पर्छ । त्यसैगरी समाजमा ज्ञान, सीप बाँड्ने शिक्षकहरूलाई समाजले पनि उचित आदर सम्मान गर्न कञ्जुस्याँई गर्नु हुँदैन ।

    शिक्षकहरूसँग विवेक विचार र ज्ञानको शक्तिशाली हतियार हुन्छ । तर असल शिक्षक बन्न शिक्षक आफैँ निरन्तर जिज्ञासु हुनुपर्छ । निरन्तर सिक्नु, ज्ञान प्राप्त गर्नु, सिकेको ज्ञान सीप र कलालाई निरन्तर बाँड्न, विस्तार गर्नु परिमार्जन गर्नु र झन् उन्नत र परिस्कृत ज्ञानराशी निर्माण गर्नु एउटा शिक्षकको चरित्रगत एवं पेशागत धर्म हो । आफ्ना विद्यार्थी समाज अनि राष्ट्रका लागि आवश्यक ज्ञान विज्ञान र प्रविधिमा शिक्षकको अधिकार रहनै पर्छ । विषयवस्तुको यथेष्ट जानकारी, पेशाप्रतिको लगाव, पेशागत अनुशासन, कक्षा व्यवस्थापन, विद्यार्थीको रुचि, क्षमता एवं स्तरको राम्रो जानकारी राखेर पढाउन सक्ने शिक्षकहरू नै सफल शिक्षक मानिन्छन् । परम्परागत रूपमा केवल घोकाउने, रटाउने, विद्यार्थीलाई शारीरिक सजाय मात्रै बढी दिने, तर्साउने अनि विद्यार्थीलाई मानसिक तनाव दिने शिक्षक वास्तविक शिक्षक नभई शिक्षक नामधारी व्यक्तिमात्रै हुन् ।

    तथ्य स्मरण गराउनै पर्ने भएपनि विभिन्न सुत्रहरू बनाएर सजिलो गरी विद्यार्थीको क्षमता अनुसार रमाइलो वातावरणमा गर्न सकिन्छ । समय सापेक्ष शिक्षण गर्न शिक्षकलाई समय समयमा पुनर्ताजगी तालिम दिईनु पर्छ र त्यस्तो तालिम लिन शिक्षक पनि अग्रसर बन्नुपर्छ ।

    शिक्षकले जातीय समानता, लैङ्गिक समामनता, वैचारिक समानता, वर्गीय समानता जस्ता विषयमा संवेदनशील भएर बोल्न र व्यवहार गर्न पर्छ । शिक्षकहरूले नेताले जनतालाई दिने फुस्रो आदर्श र भाषण गरेजस्तो झुटो बोली र व्यवहार गर्नु हुँदैन । मुखले जे कुरा विद्यार्थीका अघि भनिन्छ त्यही कुरा आप्mनो वास्तविक जीवनमा हर हमेशा लागु गर्न शिक्षक तयार रहनुपर्छ । शिक्षकले विद्यार्थीलाई म जे भन्छु त्यो नगर भनेर आदर्शको ढोङ देखाउने काम गर्नु हुँदैन । रूपान्तरणको कुरा गर्नेले जात जातीय र भाषिक राज्यको वकालत गरेर निश्चित समुदायको मात्रै पृष्ठपोषण गर्ने काम शिक्षकले कहिल्यै गर्नुहुँदैन । हामी शिक्षकहरूले पढाउँदा गर्ने कुराहरू सधैँ सम्झेर वास्तविक जीवनमा लागु गर्न सक्नु पर्छ । शिक्षकले सधैँ मैले पढाएको, सिकाएको, भनेको कुरा अनि काम र मैले गरेको व्यवहारमा के कति भिन्नता छ भनेर स्व मूल्याङ्कन गनुपर्छ ।

    असल शिक्षकहरूले नै असल नेता, शासक, प्रकाशक जन्माउन सक्छन् । त्यसैगरी विद्यार्थीहरूको रुचि, इच्छा, क्षमता अनुसार पढाउन सक्ने व्यक्ति मात्रै शिक्षण पेशामा सफल हुन सक्छ । पहिले पहिले ज्ञान, सीप र कलालाई सबैको पहुँच र अधिकार क्षेत्र भित्र पुर्याउन शिक्षकले मात्रै महत्वपूर्ण भूमिका निभाएका हुन्थे तर विज्ञान र प्रविधिको विकास र विस्तारले वस्तु र सेवा मात्रै उत्पादन गरिरहेका छैनन् । हिजोआज इन्टरनेटको सहायताले ज्ञानको भण्डारलाई सबैका निम्ति सहज, सरल र सुगम पनि बनाइदिएको छ ।

    एकजना शिक्षकले हजारौँ डाक्टर पाइलट, इञ्जिनियर, व्यापारी उत्पादन गर्छ तर हजारौ डाक्टर, पाइलट अनि व्यापारीहरूले एकजना पनि असल शिक्षक उत्पादन गर्न सक्दैनन् । तसर्थ समाज रूपान्तरण गर्न शिक्षकले अहम् भूमिका निर्वाह गरिरहेका हुन्छन् ।


                             बिनोद भुसाल
                      छत्रदेब ०४ अर्घाखाँची

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech