ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

अक्सफोर्ड मा.वि बुटवलमा खेलकुद सप्ताह सञ्चालन हुंदै ,तयारी अन्तिम चरणमा
  • हजुरकाे पाेष्ट

  • बुटवल १८,रूपन्देही देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड मा. वि कक्षा ११/१२ बुटवलमा माघ २३ गतेदेखि २७ गतेसम्म एक हप्तासम्म खेलकुद सप्ताह चल्ने भएको छ।विद्यार्थीहरूलाई कक्षाकाेठाकाे वातावरणमा सिकेका कुराले मात्र सिकाई प्रभावकारी नहुने हुंदा किताबी पढाइ सङसङ्गै खेलकुदलाई पनि सिकाइको माध्यम बनाउंदै खेलकुदका विभिन्न विधाहरूमा विद्यार्थीहरूबीच प्रतिश्पर्धा गराउन लागेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो ।

    खेलकुद राष्ट्रकाे पहिचान र खेलाडीलाई चिनाउने माध्यम भएको हुदा विद्यार्थीकाे क्षमतालाई प्रर्दशन गर्ने माध्यमकाे रूपमा अक्सफोर्ड मा.वि विगत देखिनै लागेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल उत्कृष्ट खेलाडी उत्पादन गरेको समेत बताउनुभयो ।
    खेलकुद सप्ताह सम्पन्न गर्नकाे संयाेजककाे रूपमा राज कुमार पाण्डे रहनुभएकाे छ भने ब्यबस्थापकमा प्रध्यापक नारायण सापकोटा,वीर बहादुर क्षेत्री ,भरत केसी र कमल खनाल रहनुभएकाे छ। खेल सप्ताहलाई ब्यबस्थित गर्नकाे लागि विभिन्न समितिहरू गठन गरिएको छ। छात्रा तथा छात्र भलिबल संयाेजकमा संजय मरासिनी र थानेश्वर भण्डारी ,छात्रा तथा छात्र ब्याडमिन्टनकाे संयाेजकमा झविन्द् मरासिनी र प्रदिप ज्ञवाली ,टेबुल टेनिस संयाेजकमा थानेश्वर भण्डारी , सटपुट संयाेजकमा दिवाकर रेग्मी ,फुटबल संयाेजकमा विपत चाैधरी ,बास्केटबल संयाेजकमा गाेविन्द गाैतम,Long jump संयाेजकमा महेश शर्मा,१०० /४००मिटर दाैड संयाेजकमा विष्णु बस्याल तथा High jump संयाेजकमा केशव भट्टराई रहनुभएकाे विद्यालयका प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो ।

    खेलका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई कप,मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने हुदा खेलकुद सप्ताहलाई भब्य रूपमा सन्चालन गर्न लागेकाे हुदा माघ २३ गतेदेखि शिद्देश्नरी विद्यालयकाे खेलमैदानमा उपस्थित हुनकाे लागि अभिभावक ,पत्रकार तथा खेलप्रेमी सम्पूर्णमा विद्यालयका प्राचार्य दिनेश भुसालले आग्रह गर्नुभयो ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech