ब्रेकिङ

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

१० राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे नवाै जिल्ला अधिवेशनकाे तयारी वैठक सम्पन्न

अक्सफोर्ड मा.वि बुटवलमा Web Development Competition हुँदै ,तयारी अन्तिम चरणमा
  • हजुरकाे पाेष्ट

  • २० माघ बुटवल । देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड मा.वि बुुटवलमा माघ २३ र २६ गते Web project development competition आयोजना गरिएको छ। अक्सफोर्ड मा.वि काे भवनमा आयाेजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ मा computer science पढ्ने करिब २०/२१ समुह बीचमा प्रतिष्पर्धा हुने भएको छ।

    प्रविधिकाे विकास र प्रयाेगले विश्वलाई एउटा सानाे घरमा रूपान्तरण गरेकाे सन्दर्भमा प्रविधिकाे विकास र प्रयाेग विना मानव जीवननै अर्थपूर्ण हुन नसक्ने हुदा विद्यार्थीहरूमा प्रतिष्पर्धाकाे भावना जागृत गरि नयाँ नयाँ Web technology हरू निर्माण गर्ने काममा याे कार्यक्रम फलदायी हुने विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनुभयो । Web project development compettion लाई ब्यवस्थित गर्नकाे लागि प्राध्यापकद्वय विरू क्षेत्री र भरत के .सी संयाेजकत्वमा प्राध्यापकहरू कमल न्याैपाने र शिवा शंकर शुक्ला रहेको समितिहरू गठन गरिएको विद्यालयका प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो ।

    Web project development compettion मा सहभागी हुने समूहले माघ २३ गतेसम्म समूहमा रहने विद्यार्थीहरूकाे नामावली र project title र project detail विद्यालयकाे सूचना तथा प्रविधि शाखामा बुझाउन समेत विद्यालयले सूचना प्रकाशन गरेको छ। विश्व बजारमा नयाँ नयाँ web technology हरूकाे विकास सङ्गै मानिसहरूका कामहरू छिटो छरितो र विश्वासयुक्त तरिकाले सम्पन्न भइरहेको अवस्थामा विगतदेखि नै अक्सफोर्ड मा. वि बुटवलले यस्ता कार्यक्रम सञ्चालन गरि नयाँ नयाँ web site हरू निर्माण गर्दै आएको हुँदा यसपालिको प्रतिष्पर्धालाई राेचक ढङ्गले हेरिएको विद्यालयका सूचना प्रविधि शाखाका लक्ष्मण घिमिरेले बताउनुभयो ।

    Web project development compettion मा उत्कृष्ट प्रर्दशन गरि प्रथम,द्धितीय र तृतीय हुनेलाई नगद ,प्रमाणपत्र तथा मेडलले सम्मान गरिने र उक्त कार्यक्रममा अवलोकन गर्नकाे लागि अभिभावक ,पत्रकार तथा web programar हरूलाई विद्यालयका प्राध्यापक सुमन भुसालले आग्रह गर्नुभयो ।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech