ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले माफी माग्यो

तनावका बीच हुन लागेको अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएकोमा त्यही बेला अमेरिकी आकाशमा पुगेको चिनियाँ बेलुनका कारण भ्रमण नै रोकिएको हो ।

  • हजुरकाे पाेष्ट

  • अमेरिकाको आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले माफी मागेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको आकाशमा बेलुन पुगेकोप्रति माफी माग्दै त्याे मानवरहित बेलुन मौसमको अनुसन्धानका लागि प्रयोग गरिने गरेको र निर्धारित बाटो बिराएर त्यहाँ पुगेको बताएको बीबीसीले जनाएको छ ।

    पूर्वी अमेरिकातर्फ अघि बढिरहेको विशाल बेलुनका कारण उत्पन्न परिस्थितिलाई ठन्डा दिमागले सम्बोधन गर्न पनि चिनियाँ विदेश मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा चीनले कहिल्यै पनि कुनै सार्वभौम देशको भौगोलिक तथा हवाई क्षेत्रमा हस्तक्षेप नगरेको उल्लेख छ ।

    चीनले अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको बारेमा माफी मागेको भए पनि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले आफ्नो निर्धारित चीनको भ्रमण स्थगित गरेका छन । चीनमा पाँच वर्षपछि अमेरिकी विदेशमन्त्रीको भ्रमण हुन लागेको थियो । ताइवानलाई लिएर भएको तनाव र रुस–युक्रेन युद्धमा चीनले विरोध नगर्नु सँगै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पकालीन व्यापार युद्ध र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा अघि बढेको आक्रामक चीनका कारण दुई देशको सम्बन्ध जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

    तनावका बीच हुन लागेको अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएकोमा त्यही बेला अमेरिकी आकाशमा पुगेको चिनियाँ बेलुनका कारण भ्रमण नै रोकिएको हो ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech