म नेपाल र नेपाली प्रति सधै वफादार नागरिककाे रुपमा उभिरहेकाे एक नेपाली हु । म हाम्रो देश नेपालकाे वारेमा साेच्ने एक नेपाली नागरिक हु । म मात्रै हाेइन म जस्ता लाखौं लाख युवाहरु देश आफ्नाे स्वाभिमानमा उभिएकाे देख्न चाहान्छाै । नेपालकाे परिस्थितिमा १८ वर्ष पुगेपछि काम गर्न सक्ने युवा भनेर घाेषणा गरेकाे छ । यत्तिमात्रै हाेइन राेजगारमा समेत १८ वर्षपछि समावेस गराइरहेकाे छ । वैदेशिक राेजगारिमा जान सक्छन भनेर नेपालीको तर्फवाट पासपोर्ट समेत दिएर वैदेशिक राेजगारिकाे लागि श्रम स्वकृत समेत दिएकाे छ । जसकाे कारण लाखै संख्यामा काम गर्न सक्ने सक्षम युवा र जाेस वाेकेका युवाहरु विदेशीएर वैदिक जनसक्ति दैनिक करिव २००० का दरले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल प्रयाेग गरेर विदेसिएका छन ।
म नेपाली हु भनेर विदेशमा आफ्नाे पसिना वगाइरहेकाे यस परिस्थितिमा श्रम याेग्य उमेर कटाएर राेग शाेक र अनेका समस्या आउने समयमा नेपाल मात्रृभुमि भनी पुन नेपाल आउन वाध्य छ । अनि अझै पनि म नेपाली भनेर गर्वले भन्नै पर्छ । म नेपालमा केही गर्नु गर्नुपर्छ भनेरे नेपालमै वसेका केही दर्जन युवा यतै भैतारिएर अब के गर्ने भन्ने साेचमा शहर शहर दुगर्नु सिवाय केही छैन । याे सम्पुर्ण युवाकाे समस्या हाे । सामान्य जागिर खान साेर्स फाेर्स र नेताकाे आसेपासे हुनुपर्ने । केही थान सरकारि कामकाज वाहेकाे ठाउमा राेजगार वनाउन सकिरहेकाे छैन ।
राणाशासन ठिक छैन, भनेर २००७ साल फागुन ७ गते देशमा प्रजातन्त्रकाे स्थापना भयाे । राणा शासन अन्त्य भयाे अनि भन्न थालियाे अब नेपाल आफ्नाे खुट्टामा उभिन सकिन्छ । यसले भएन पछि विभिन्न काल खण्डमा आन्दाेलन गर्दै अधि वड्याे नेपाल र नेपाली । २०३६ सालकाे आन्दाेलन, २०४८ सालकाे आन्दाेलन हुँदै २०५२ सालवाट भएको सशस्त्र दाेन्द हुँदै २०६२/०६३ काे जनआन्दाेलमा करिव १७००० सहिद वने । राजकिय शासनप्रणालिकाे अन्त्य भयाे । कैयौंकाे आमा वुवा लुटिए । कयाै का छाेराछाेरि मरे त कतिका जीवन साथिनै सकिए । अङ्गभङ्ग भएर देशकाे बचावटमा पनि धेरै लागेका छन । नेपालकाे संविधान स्थापनाकाे लागि २०६४ मा निर्वाचन भए पश्चात् करिव ६ वर्ष वाहना वाजिमै शांसदले तलव भत्ता वहेक केही भएन । २०७० मा पुन दाेस्राे पटक संविधान वनाउने नाममा निर्वाचन प्रणालीकाे माध्यम वाट निर्वाचित भएर करिव ८ वर्षपछि २०७२ मा संविधान त वन्याे । तर केवल नेता र ठुलावढाकाे लागि मात्रै । यसपश्चात पनि २०७४ र २०७९ सालमा गरि निर्वाचन भयाे । जसकाे फाइदा केही दर्जन नेता र उनका आसेपासे केही दर्जन व्याक्तिलाइ मात्रै फाइदा हुने तवरमा भयाे ।
आज युग पुराै आर्थिक रुपमा धाेस्त हुँदै छ । राणाकालमा भएका उद्योग कलकारखाना सवै बन्द भए । केही राेजगारि भएको पनि हरायो । आज सवै आक्रान्त भएका छन । विकासका नाममा आउने वार्षिक वजेट केहि थान कर्मचारी र केही थान नेता र उनका भराैटेहरुकाे हातमा परिरहेकाे छ । देशमा शुसासन भन्ने लाेपमा परिसकेकाे छ । यस्ताे अवस्थामा म नेपाली हु भनेर म र हामी जस्ताे युवाहरु दैडिरहेका छाै । कर्मचारीले मन्त्री र निर्वाचित जनप्रतिनिधिलाई टेर्दैनन । टेर्ने र पाे कसरी । सरकार कतिवटा वन्ने हुन । मन्त्री कतिवेला जानेहुन निश्चित गर्न सक्ने राजनितिक दलसंग अडानलिन सक्ने खुवि छैन । हाेस त कसरी उनिहरुसंग वहुमत छैन । भन्नलाइ निकै सजिलाे भएको छ । जसकाे कारण देश संकटग्रस्त अवस्थामा रहेकाे छ । छिमेकि मुलुकहरुकाे नेतृत्वमा सरकार गठन र विभाजन भइरहेकाे छ । आफ्नाे सरकार कसरी निर्माण गर्ने भन्ने भुमिकामा दलहरु रहन सक्दैनन । यसकाे फाइदा छिमेकीले लिएको कुरा राजनितिज्ञ संग नहुदा अफ्ट्यारोमा देश ढुव्दै छ । अझै दिन प्रतिदिन संक्षम युवाहरु आफ्नाे जाेस र जागर लिएर विदेशिन वाध्य भएका छन ।
म नेपाली भन्दै कति दिन धाउने । कानुन वनायाे, सहि निर्णय आउला भन्ने लाग्थ्याे तर याे झुट सावित भयाे । किनकि देशमा भएका कानुन विद पार्टीका नेता हुन । उनिहरु राजनिती दलका आधारमा नियुक्ति लिएर आएकाे हुदा उनिहरुकै पक्षमा गरिरहेका छन । जसले गर्दा सामान्य र देशकाे माया भएका सर्वसाधारण जनताले न्याय कसरी पाउने । याे समस्या हाम्रो तिनैतहका सरकारमा रहेका छन । न्याय मरेकाे अनुभुति सवैमा भएको छ । सवै क्षेत्रमा पहुँच र आफ्नाकाे मात्रै वाेलवाला भएको छ । याे समयमा केही हुन्छ भनेर के आस गर्नु र । नगर्नु त म नेपालि, मेराे नेपाल । शान्त सुन्दर नेपाल भनेर व्याख्या कति दिन गर्ने । जहाँ दैनिक विदेशिएका नेपाली दाजुभाइकाे २ वटाका दरले सव आउदा देशकाे कानुन कानमा तेल हालेर वसेकाे छ । तिनै विदेशीयका दाजुभाइले पठाएको रेमिटान्सले देश चलाउनु परेकाे छ । कहिले वुझ्ने याे कुरा हामिले र हाम्रा दलका नेताले । यहि परिस्थितिमा जानेहाे भने राजनितिक दल र यिनका संरचना किन चाहियाे । कहिले सम्म यहि वाहनामा बाच्ने ? यी र यस्ता खालका प्रश्न प्रत्येक नेपालीको मनमा गुञ्जिरहेका छन । यस्ता खालका प्रश्नकाे उत्तर कहाँवाट पाउने र समाधान हुन्छ ।
एक सच्चा नेपाली नागरिक हुदैगर्दा नेपालमा कानुन छ भन्दैगर्दा अनिभुत हुने कुनै ठाउँ भेटिदैन । यसका लागि राेजगारिका लागि उद्योग सञ्चालन गर्ने कार्यविधि कहिले वन्ला । नेपालमै राेजगार पाइन्छ , भनेर कहिले भन्ने हामी । यहि हाे त सत्ता परिवर्तनको आन्दाेलन ? यहि हाे त गणतन्त्र र लाेकतन्त्र ?
शोभाखर पाण्डेय राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीका अध्यक्ष हुन ।