ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

अक्सफोर्ड मा.वि बुटवलको खेल महाेत्सव सम्पन्न ,विभिन्न खेलमा विद्यार्थीहरूबिच प्रतिस्पर्धा
  • हजुरकाे पाेष्ट

  • बुटवल २६,रूपन्देही राष्टकाे लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड मा. वि बुुटवलमा एक हप्तादेखि सञ्चालन भएको खेलकुद सप्ताहकाे खेलकुद सप्ताहकाे आज अन्तिम दिन अक्सफोर्ड मा.वि बुटवलमा एक समारोहकाबीच महाेत्सवकाे समापन गरिएको छ।एक हप्तासम्म चलेको खेलकुद प्रतियाेगितामा विभिन्न खेलहरूमा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको थियोे ।
    विद्यार्थीहरूलाई कक्षाकाेठाकाे वातावरणमा सिकेका कुराले मात्र सिकाई प्रभावकारी नहुने हुंदा किताबी पढाइ सङसङ्गै खेलकुदलाई पनि सिकाइको माध्यम बनाउंदै खेलकुदका विभिन्न विधाहरूमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराएकाे विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो ।

    खेलकुद राष्ट्रकाे पहिचान र खेलाडीलाई चिनाउने माध्यम भएको हुदा विद्यार्थीकाे क्षमतालाई प्रर्दशन गर्ने माध्यमकाे रूपमा अक्सफोर्ड मा.वि विगत देखिनै लागेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल उत्कृष्ट खेलाडी उत्पादन गरेको समेत बताउनुभयो ।
    खेलकुद सप्ताह सम्पन्न गर्नकाे लागि संयाेजककाे रूपमा राज कुमार पाण्डे रहनुभएकाे थियोे भने ब्यबस्थापकमा प्राध्यापक नारायण सापकोटा,वीर बहादुर क्षेत्री ,भरत केसी र कमल खनाल रहनुभएकाे थियो। खेल सप्ताहलाई ब्यबस्थित गर्नकाे लागि विभिन्न समितिहरू गठन गरिएको थियोे । छात्रा तथा छात्र भलिबल संयाेजकमा संजय मरासिनी र थानेश्वर भण्डारी ,छात्रा तथा छात्र ब्याडमिन्टनकाे संयाेजकमा झविन्द् मरासिनी र प्रदिप ज्ञवाली ,टेबुल टेनिस संयाेजकमा थानेश्वर भण्डारी , सटपुट संयाेजकमा दिवाकर रेग्मी ,फुटबल संयाेजकमा विपत चाैधरी ,बास्केटबल संयाेजकमा गाेविन्द बल,Long jump संयाेजकमा महेश शर्मा,१०० /४००मिटर दाैड संयाेजकमा विष्णु बस्याल तथा High jump संयाेजकमा केशव भट्टराई रहनुभएकाे विद्यालयका प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो ।

    खेलकुद सप्ताहमा छात्र फुटबलमा शाहिल क्षेत्रीकाे समूह विजेता भएको छ भने आरमुङ तामाङकाे समूह उपविजेता भएको छ। एकल ब्याडमिन्टन प्रतियाेगितामा दिवस राना प्रथम शिखर राना द्धितीय र अभिषेख घर्ती तृतीय भएका छन्। छात्र हाइजम्पतर्फ मुकेश पल्ली प्रथम सुमित घिमिरे द्धितीय र सफल पाैडेल तृतीय भएका छन्। त्यस्तै छात्रातर्फ फिवी राना प्रथम ,निरूता श्रेष्ठ द्धितीय र आस्था रिजाल तृतीय भएका छन् ।छात्रतर्फकाे भलिबल खेलमा सिजन वि.क काे समूह प्रथम,रूमन मगरको समूह द्धितीय र शिखर थापाको समूह तृतीय भएका छन् । छात्रातर्फ व्याडमिन्टन प्रतियाेगितामा आशिका लामिछाने प्रथम,गरिमा सारू द्धितीय र आस्था रिजालले तृतीय स्थान प्राप्त गरेका छन् ।त्यस्तै बास्केटबल प्रतियाेगितामा दिवस थापाको समूह प्रथम,अनमाेल थापाको समूह द्धितीय र गुन्जन थापाको समूह तृतीय भएका छन् ।

    Long Jump छात्रा तर्फ सुजिता भट्टराई प्रथम उत्कृसा थापा द्धितीय र ,फिवी राना तृतीय भएका छन्। छात्रतर्फ कपिल चिदी प्रथम ,कुशल बस्नेत द्धितीय र विवेक खनाल तृतीय हुनुभएको छ। छात्रा भलिबलतर्फ आशिका लामिछानेको समूह प्रथम र दिया तामाङको समूह द्वितीय भएका छन् । ४०० मिटरको दौडमा छात्रतर्फ आकाश राना प्रथम, कपिल चिडी द्वितीय र सागर राना तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र निशा ठकुरी तृतीय भएका छन् ।
    यसैगरी १०० मिटरका दौडमा छात्रतर्फ आकाश राना प्रथम,विवश रसाइली द्वितीय र सरिन घर्ती तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र सुजिता भट्टराई र आस्था रजाली तृतीय भएका छन् ।टेबलटेनिस प्रतियाेगितामा अमित भुसाल प्रथम,प्रविन रसाइली द्धितीय र उज्ज्वल गुरूङ तृतीय भएका छन् ।विजयी विद्यार्थीलाई एक कार्यक्रमकाे आयोजना गरि पुरस्कृत गरिने प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech