ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

मालारानि गाउपालिकामा दिर्घराेगिलाई निशुल्क ओैषधि वितरण
  • लिलवहादुर विक

  • फागुन २ अर्घाखाँची / मालारानी गाउँपालिका, अर्घाखाँची अन्तर्गत सबै वडाका स्वास्थ्य संस्थाहरूमा दीर्घ रोगका विरामीहरू मध्ये उच्च रक्तचाप, मधुमेह र छारे रोग (मृगी ) का विरामीहरूलाई निःशुल्क औषधि वितरण कार्यक्रमको एकैसाथ शुभारम्भ कार्य भएको छ। गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई निर्वाचित भएपश्चात पदभार ग्रहणकाे अवसरमा उक्त कार्यक्रम घाेषणा गरेका थिए । अाैषधी बितरण कार्यक्रममा वडा नं. ४ मा अध्यक्ष श्री दल बहादुर भट्टराई, वडा नं. ३ मा उपाध्यक्ष श्री दिपा पाेख्रेल एवं अन्य वडाहरूमा सम्बन्धित वडाअध्यक्षहरूले बिरामीलाइ अाैषधी वितरण गरि शुभारम्भ गरेकाहुन ।

    अाैषधी वितरण कार्यक्रमकाे शुभारम्भ गर्दै पालिका अध्यक्ष दलबहादुर भट्टराईले दिर्घराेगीहरूलाइ याे कार्यक्रम फलदायी रहने साथै कार्यक्रमकाे प्रभावकारिताकाे अाधारमा अागामी दिनमा निरन्तर रूपमा संचालन गरिने बताएकाछन । वडा नं. ४ काे खन स्वास्थ्य चाैकीमा भएकाे कार्यक्रममा वडा अध्यक्ष तथा स्वास्थ्य चाैकी ब्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद पाेख्रेलकाे अध्यक्षता, गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईकाे प्रमुख अातिथ्यता, जिल्ला समन्वय समिति सदस्य टुल्कादेबी अाचार्य, मालारानी गाउँ कार्यपालिका सदस्य लिलबहादुर बि.क., वडा नं. ४ का वडा सदस्यहरू, स्वास्थ चाैकी ब्यवस्थापन समितिका सदस्यहरू, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूकाे अातिथ्यतामा भएको कार्यक्रमकाे संचालन, स्वास्थ्य शाखा प्रमुख भबिश्वर खनाल तथा स्वागत मन्तब्य खन स्वास्थ चाैकी इन्चार्ज भबिश्वर खनालले राखेका थिए।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech