ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

माया र प्रेम
  • विनाेद भुसाल

  • मायाभनेको भ्रमको नाम हो । दर्शनशास्त्रमा मायालाई भौतिक वस्तुप्रतिको आसक्तिका रुपमा व्याख्या गरिएको छ ।त्यसैले, मायाको आयु लामो हुँदैन । वस्तुको आयु र मायाको आयुमा कुनै फरक हुँदैन । वस्तु रहुन्जेल माया रहन्छ, वस्तुको अन्त्यसँगै मायाको पनि अन्त्य भएर जान्छ ।

    प्रेम र माया समानार्थीजस्ता देखिए पनि यी दुईमा आकाश र जमिनको अन्तर छ । त्याग, करुणा र समर्पण प्रेमका चरित्र हुन् । प्रेम समयको सीमारेखाभन्दा माथि रहेको हुन्छ । प्रेम जहिले पनि आनन्ददायक हुन्छ र प्रेमका कारण उत्पन्न खुसी लामो समयसम्म रहन्छ । प्रेम दैवी चरित्र हो । मायामा यो दैवीपन हुँदैन । माया आज छ, भोलि छैन ।

    भौतिक वस्तुको जन्म नै मायाको पनि जन्मको कारण हो । किनकि भौतिक व्यक्ति, वस्तु र विषय नै मायाका आधारभविभिन्न युगमा विभिन्न विद्वानले मायाको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन् । जति मायाको परिभाषा बुझ्दै गयो त्यति यो मायाको गहिराइले हामीलाई डुबाउँदै जान्छ । मानिसहरूले भने जस्तै माया नि:स्वार्थ छ भनौ भने मायामा स्वार्थ पनि भेटेको छु । प्रेममा छलकपट हुँदैन भनौ भने छलकपट गर्नेको लामै लाइन पनि नदेखेको होइन। यहि मायामा हजारौँ मानिसले आफ्नो भबिष्य बर्बाद गरेका छन् । हजारौँले सुखद जिन्दगी जिएका पनि छन् । मायामा असफलता पछि हजारौँले नशाको शाहारा लिन बाध्य पनि छन् । कोही मानसिक सन्तुलन गुमाउन बिबश पनि छन् यो संसारमा । यो माया भन्ने चिज नै यस्तै छ । मायालाई जसले जसरी परिभाषित गरेपनि ,जस्तो उत्तर दिन खोजेपनि चोखो माया, मायामै परिणत हुन्छ ।

    कतिपय सम्बन्धहरु प्रेमी अथवा प्रेमिकाले चाहे जति समय दिन नसकेर छुट्ने गर्दछ। सुरु सुरुमा दिन रात केहि नभनी बोल्ने गर्छन। अनि समय बित्दै जादा कहिले काही अरु बेला जस्तो समय दिन सकिएन भने मायामा संख्या गर्न थाल्छन। मायामा विस्वास निकै जरुरि छ । एक जनाको मात्र संघर्षले माया कहिले बलियो हुदैन । यदि माया छ भने जति सुकै आफु व्यस्त भए पनि दिन भरीमा सानो समय भए पनि आफ्नो प्रेमी वा प्रेमिकालाइ निकाल्न सकिन्छ। प्रेमले मान्छेलाई ईष्यालु बनाइदिन्छ । त्यसैले त, तपाईको पार्टनरले अरुसित कुरा गर्दा तपाईं सहन गर्न सक्नुहुन्न र मनमा ईष्याको भावना पैदा हुन्छ ।

    प्रेम त अकारण पैदा हुन्छ । विश्वब्रह्माण्डको कणकणमा प्रेम व्याप्त छ । ब्रह्माण्डको गहिराईमा यही प्रेमको भाव सन्निहित छ । यसैले माया भौतिक हो भने प्रेम आध्यात्मिक हो । अध्यात्म अमूर्त हुन्छ

    । प्रेम आत्मासँग नजिक हुन्छ, भने माया शरीरसँग सम्बन्धित हुन्छ । दर्शनशास्त्रमा मायालाई नै दुःखको कारण मानिएको छ । अङ्ग्रेजीमा मायालाई क्ष्ििगकष्यल अर्थात् भ्रम भनेर मानिएको छ । भ्रम हो जस्तो देखिन्छ, तर हुँदैन । जादू र माया उस्तै हुन्छन् । जादूगरको जादू हेरिन्जेल मनोरञ्जन त हुन्छ तर त्यो सत्य हुँदैन । जादू भनेको ‘आँखामा छारो’ हो, उत्तिखेरै देखियो, उत्तिखेरै हरायो ।
    हामीलाई पैसा सबैथोक हो कि जस्तो लाग्छ । पैसा भए त सबैथोक हुन्थ्यो भन्ने ठानेर नैतिक, अनैतिक अनेक प्रकारले हामी पैसा पनि जम्मा गर्दछौँ । पैसाको माया यति धेरै लाग्दछ कि खर्चभन्दा सङ्ग्रहमै हामी जोड गर्दछौँ । पैसा नहुँदा पनि भएन भन्ने पिर । भए पनि खर्च हुन्छ कि भन्ने पिर । पैसाको मोहमा चुर्लुम्म डुबेको मान्छेलाई त्यसको संरक्षणकै चिन्ता हुन्छ, रातदिन । पिरै पिरमा जुनी बितेर जान्छ । चार तले घर छ, तर एकजना मान्छे माग्न आयो भने ‘यत्रा बलिया हातखुट्टा हुने मान्छे पनि के लाज नभएर माग्न आएको’ जस्ता अनेक टिकाटिप्पणी गरेर खाली हात फर्काइदिन्छौँ । बैङ्कमा करोडौँ रुपैयाँ भएर के भयो र यदि माग्नेले एक रूपैयाँ पनि पाउँदैन भने !
    मायाको जाल कहाँ पैसामा मात्र सीमित छ र ! छोरानाति र पनातिसम्म पुगेको छ । छोरानाति भए त केके न हुन्थ्यो भनेर छोराको लोभमा दर्जन छोरी जन्माउन तयार छौँ हामी । आजभोलि नारी स्वतन्त्रता र समानताको जतिसुकै चर्का कुरा गरिए पनि तिनै नारी स्वतन्त्रताका कथित हिमायतिहरु दुइटा छोरी पछि पनि छोरो चाहिन्छ भनेर कम्मर कस्न छोड्दैनन् । कयौँ पढेलेखेका र पुरुष र महिलामा फरक नदेख्ने ‘भाषणबाज’हरु पनि खुसुखुसु छोरी भए भनेर बुढेसकालमा पनि छोराका लागि मरिहत्ते गरका देखिन्छन् ।
    प्रेम त जे छ त्यसैमा सदा सन्तोष मानेर बस्छ । छोरी र छोरामा भेद देख्नु त केवल माया हो । असन्तोष मायाको खासियत हो ।

    घरमा जतिसुकै राम्री श्रीमती होस् वा श्रीमान् होस्, तापनि अर्कैकी श्रीमती मन पर्ने वा श्रीमान् मन पर्ने वासनाको सगरमाथा चढ्न असन्तुष्तिको भारी बोकेर मायाको यात्राका सरिक हुने मायालुको बढ्दो सङ्ख्याले आजको समाज भरिएको छ ।प्रेम त जे छ त्यसैमा सदा सन्तोष मानेर बस्छ ।

    छोरी र छोरामा भेद देख्नु त केवल माया हो । असन्तोष मायाको खासियत हो । घरमा जतिसुकै राम्री श्रीमती होस् वा श्रीमान् होस्, तापनि अर्कैकी श्रीमती मन पर्ने वा श्रीमान् मन पर्ने वासनाको सगरमाथा चढ्न असन्तुष्तिको भारी बोकेर मायाको यात्राका सरिक हुने मायालुको बढ्दो सङ्ख्याले आजको समाज भरिएको छ । मायालुहरु कहिल्यै सन्तुष्ट हुँदैनन् । तर प्रेमीहरु कहिल्यै असन्तुष्ट हुँदैनन् ।
    जो मूर्त छ, त्यसको विनाश निश्चित हुन्छ तर अमूर्तको कहिल्यै विनाश हुँदैन । यसप्रकार प्रेमको पनि कहिल्यै विनाश हुँदैन किनकि प्रेम पनि अमूर्त हुन्छ । प्रेम र माया योग र भोगका दुई अलगअलग उदाहरण हुन् । भोगवादीहरु मायामा विश्वास गर्दछन्, भ्रममा विश्वास गर्दछन् तर योगवादीहरु सत्य र प्रेममा विश्वास गर्दछन् ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech