ब्रेकिङ

पुर्व प्रधानमन्त्री ओलीद्वारा शिद्धबाबा हस्पिटल प्रा.लि बुटवलकाे अवलोकन

खेलाडी भेलालाई सफल पार्न मदन भण्डारी स्पाेटर्स एकेडेमीको सचिवालय भैरहवामा स्थापना

अक्सफोर्ड मा.वि द्वारा राष्ट्रिय खेलाडी सम्मान

सरसफाइलाई संस्कारसङ्ग जाेडदै देवदह,चाेकचाेकमा पुग्छन् प्रवक्ता डुम्रे

खनाल सेवा समिती रूपन्देहीकाे चाैथाे अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीकाे पहिलाे पुर्ण वैठक सम्पन्न ।

आयात प्रतिबन्ध र नगद मार्जिन हटे पनि सुध्रिएन वैदेशिक व्यापार

ओली सहभागी कार्यक्रम व्यवस्थित गर्न अर्घाखाँचीमा ४ समित

प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

१० प्रमाेद खरेलकाे आतिथ्यतामा अक्सफोर्ड मा.वि मा सम्पन्न भयो ,सम्मान तथा विदाइ कार्यक्रम

लगातार पाँच दिन घट्यो बजार, १९३८.२५ विन्दुमा कायम
  • हजुरकाे पाेष्ट

  • फागुन २१  काठमाडौं । लगातार पाँचौं दिन पनि घटेको नेप्से परिसूचक ८८ दशमलव ९४ अंक तल झरेको छ । पछिल्लो समय निरन्तर बजार घटिरहँदा बजारमा विक्री चाप बढेको देखिन्छ ।

    साताको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक ३० दशमलव ७७ अंक १ हजार ९३८ दशमलव २५ विन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका २५९ धितोपत्रको ३८ लाख ३२ हजार ४५९ कित्ता ३० हजार ९०३ पटकमा रू. १ अर्ब ३९ करोड बराबर खरीदविक्री भएको छ ।

    आइतवार कारोबारमा आएका  धितोपत्रमध्ये सुपर मादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२८ दशमलव ९० पुगेको छ । त्यस्तै दोस्रोमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ प्रतिशत बढेर रू. १ हजार ७० दशमलव ६० पुगेको छ ।

    आज सामलिङ्ग पावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेर प्रतिकित्ता रू. ५१३ मा झरेको छ । त्यस्तै दोस्रोमा आदर्श लघुवित्तको शेयर मूल्य ७ दशमलव ५४ प्रतिशत घटेर रू. १ हजार ४७२ कायम भएको छ ।

    यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री रू. ८ करोड ४४ लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.२ हजार ९४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्टको रू. ५ करोड ४८ लाख बराबर कारोबार भएको छ ।

    आज कारोबारमा आएका १३ ओटै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक ३ दशमलव शून्य ३ प्रतिशत घटेको छ ।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech