२६ फागुन, अर्घाखाँची / छत्रदेव गाउपालिका वडा न १ चिदिकाकाे पन्थीडाडामा – मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) छत्रदेव गाउपालिका १ वडा कमिटीको आयोजनामा वडा तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।
अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य कमरेड जनार्दन खनाल, प्रदेश सल्लाहकार सदस्य मुकुन्द ज्ञवाली जिल्ला कमिटि सदस्य कमरेड तथा छत्रदेव गाउकमिटि अध्यक्ष कमरेड रामजी पाण्डे, जिल्ला कमिटी सदस्य प्रकाश पाैडेल, कमरेड फिराेज मिया राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कमरेड शाेभाखर पाण्डेय , लाेकतान्त्रिक आदिवासि जनजाति महासंघ केन्द्रीय सदस्य कमरेड पवित्रा कुमारि श्रेष्ठ लगाएत अतिथिहरुले पार्टीको वारेमा धारणा तथा प्रशिक्षण सञ्चालन गर्नुभयो । मिसन ग्रासरुट अभियान वडा तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।
वडा कमिटी ले साविका वडाहरुलाइ विभिन्न टाेलमा विभाजन गरि तपसिलकाे मितिमा टाेल भेला गर्ने निर्णय गरेकाे छ , वडा न १ मा चैत्र १ गते, हुँदै आठ वटा वडामा नियमित ८ वटै टाेलमा सम्पन्न गर्ने गरि टाेल भेला गर्ने निर्णय गरियाे । टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।
साथै यश वैठकले पार्टी र जनप्रतिनिधि विचकाे छलफल गर्ने आगामी चैत्र १४ गते गर्ने र चैत्र १४ गते पार्टीका सम्पूर्ण जनसंगठनकाे भेला तथा पुर्नगठन गर्ने र साे दिन नै पार्टी प्रशिक्षण समेत गर्ने गरि निर्णय गर्याे । कार्यक्रम वडा कमिटी अध्यक्ष काजिवावु ज्ञवाली काे अध्यक्षता र टाेल कमिटी अध्यक्ष कमरेड हरिप्रसाद पाण्डे काे सञ्चालनमा वैठक सम्पन्न भएको छ ।